काठमाडौं। बंगलादेश सरकारले सामाजिक सञ्जाल साईट ट्विटर र स्काइपमा रोक लगाएको छ ।
सरकारी अधिकारीहरुका अनुसार अघिल्लो भाईबर र व्हाट्सऐप सहित दोस्रो अनलाइन म्यासेजिंग वेबसाइट मा प्रतिबंध लगाउनको लागी जारी गरिएको आदेशको विस्तार मात्र हो ।
हालै युद्ध अपराध मुद्दामा दुई नेतालाई फांसीपछि सुरक्षाको कारण सोशल मीडियामा बन्देजको आदेश दिइएको थियो ।
समाचारहरुका अनुसार सरकार पिपक्षीहरुले समाजिक सञ्जालको माध्यमबाट जनतालाई सरकार विरोधी प्रदर्शनमा गोलबन्द गर्नसक्ने आशंकाको कारण समाजिक सञ्जालमा रोक लगाउन अगाडि सरेको हो ।
यसभन्दा पहिले नै लोकप्रिय वेबसाइट फेसबुकमापनि रोक लगाएको त्यहाँको सरकार तर ब्यापारीहरुले आफ्नो ब्यापारमा गिरावट आउने भन्दै सरकारलाई फेसबुक बन्द नगनए सल्लाह दिएका थिए र त्यसपछि सरकारले त्यो रोक फिर्ता लिएको थियो ।
बांग्लादेशमा नोभेम्बरमा विपक्षी दुई नेतालाई युद्ध अपराधको अभियोगमा फाँसी दिइएको थियो ।
सलाहुद्दीन कादिर चौधरी र अली अहसान मोहम्मद मुजाहिदलाई पाकिस्तानसँग भएको स्वतंत्रता युद्धक्रममा युद्ध अपराधको आरोप थियो ।
अदालतले ति दुई नेतालाई नरसंहार र बलात्कारको दोषी साबित गरिएको थियो ।
बांग्लादेशमा अदालतको यो फैसलापछि विरोध प्रदर्शन हुँदै आएको छ ।
]]>
प्रतिक्रिया