काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मतिबाट चुनिएका छन् ।
क्यानको हिजो राति सम्पन्न साधारणसभाबाट यसअघि क्यानका पूर्व उपाध्यक्ष रहेका चन्द सर्वसम्मत चुनिएका हुन् । उनीसहित साधारणसभाले १७ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ ।
साधारणसभाले वरिष्ठ उपाध्यक्षमा विनोद मैनाली, उपाध्यक्ष द्वयमा शैलेसकुमार चौधरी र दिवाकर घले तथा महासचिवमा अशोकनाथ प्याकुरेललाई चुनेको छ ।
यस्तै, क्यानको सदस्यमा १२ जना चयन भएका छन् । त्यस्तै क्यानका पूर्व अध्यक्ष टङ्क हाङबुहाङको पक्षले भने उक्त साधारणसभा राष्ट्रिय खेलकुद परिषद्को निर्देशन विपरीत भएको भन्दै साधारणसभामा सहभागिता जनाएन ।
त्यस्तै, राखेपले पनि उक्त चुनावलाई मान्यता नदिने भएको छ । तर अध्यक्ष चन्दले भने क्यानको विधान अनुसार साधारणसभा भएको र कानुनसम्मत ढङ्गमा आफू निर्वाचित भएको बताएका छन् ।
उनले क्यानको विधानअनुसार साधारणसभा गरेको र अब क्रिकेट खेलको विकास र विस्तारका लागि सोचेर अगाडि बढ्ने विश्वास लिएको यसमा सबैको साथ हुने अपेक्षा गरेको बताएका छन् ।
राखेपका सदस्यसचिव केशवकुमार विष्टले भने उक्त साधारणसभा राखेपको निर्णय विपरीत भएकाले आफूहरुले त्यसलाई मान्यता नदिने बताएका छन् ।
उनले आज प्रक्रिया पुरा नगरी गरिएको साधारसभालाई मान्यता नदिने र तदर्थ समिति गठन गर्ने बताएका छन् ।
]]>
प्रतिक्रिया