देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस क्रियाशील सदस्यता:६० हजारको नविकरण भएन,डेढलाख थपिए

देशान्तर

काठमाडौं । व्यवस्थापीका संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा झन्डै दुई लाख क्रियासील सदस्य थपीएका छन् । पार्टीको १३औ महाधिवेशनलाई लक्षित सदस्यता वितरणमा कांग्रेसको नयाँ क्रियासील सदस्यता १ लाख ५३ हजार ७ सय ८९ जनाले लिएका हुन । नयाँ सदस्यताका लागि झन्डै साँढे दुई लाखले आवेदन दिएपनि केन्द्रीय सदस्य नरहरि आचार्य नेतृत्व सदस्यता छानविन समितिले प्रक्रिया नपुगेको भन्दै एक लाखको आवेदन अस्वीकृत गरेको छ ।

१२औ महाधिवेशनमा ३ लाख १६ हजार ८सय ६६ सदस्य रहेको कांग्रेसमा अब ४ लाख ७० हजार ६ सय ५५ जना सक्रिय सदस्य पुगेका छन् । नेता रामकृष्ण यादव र रमेश लेखक सदस्य रहेको आचार्य नेतृत्व सदस्यता छानविन समितिले बुधबार सुरु हुन पार्टी केन्द्रीय समिति बैठकमा सदस्यता छानविनको प्रतिवेदन बुझाउने छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान नौ बजे सुरु हुने बैठकमा सदस्यता छानविन समितिले २ लाख ५७ हजार ४ सय २ ले सदस्यता नविकरण गरेको प्रतिवेदन पेस गर्ने छन् । पछिल्लो पाँच वर्षमा झन्डै ६० हजार कांग्रेस छोडेका छन् ।

१२औ महाधिवेशन अघि कांग्रेस क्रियाशील सदस्यता नविकरण र नयाँ लिगेका मध्य ५९ हजार ४सय ६४ जनाले सदस्यता नविकरण नगरेको स्रोतको दाबी छ । १२औ महाधिवेशनमा वितरण भएको सदस्यता सबैभन्दा धेरै झापा जिल्लामा भएको छ । त्यहाँ १० हजार ७सय ९१ ले सदस्यता नविकरण गरेका छन् भने सबैभन्दा कम मुस्ताङमा १सय ८४ जनाले मात्र सदस्यता नविकरण गरेको स्रोतको दाबी छ । त्यस्तै, सबैभन्दा बढि चितवनमा ९ हजार ८ सय ७ जनाले नयाँ सदस्यता लिगेका छन् भने मनाङमा १ सय ३५ जनाले मात्र कांग्रेसको नयाँ सदस्यता लिएका छन् । पार्टी महाधिवेशनको पूर्वाधारको रुपमा रहेको सदस्यता वितरणमा अनियमिता भएको भन्दै ६० भन्दा बढि जिल्लाबाट डेढसय भन्दा बढि उजुरी केन्द्रीय समितिमा परेको थियो ।

त्यसको समेत अध्ययन गरी छानविन समितिले क्रियाशील सदस्यता छानविनको काम सर्वसहमतिले सकेको एक सदस्यले जानकारी दिए । केन्द्रीय समितिले छानविन समितिको प्रतिवेदनको टुंगो लगाएसँगै त्यसकै आधारमा आगामी माघ १५ गते कांग्रेसको गाउँ र नगर अधिवेशन हुन्छ भने माघ २२गते क्षेत्रीय र २५ गते जिल्ला अधिवेशन गर्ने कार्यतालीका छ । त्यस्तै, १३औ महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा गर्ने तयारी छ ।

यसैबीच कांग्रेसमा डेढ लाख क्रियाशील सदस्य थपिएका छन् । छानबिन समितिले क्रियाशील सदस्यता विवाद टुंग्याएको हो । अब कांग्रेसमा क्रियाशील सदस्य चार लाख ७० हजार पुगेका छन् । कांग्रेसको १२औँ महाधिवेशनसम्म तीन लाख १७ हजार क्रियाशील सदस्य थिए ।

अहिले एक लाख ५३ हजार थपिएर चार लाख ७० हजार पुगेको हो । कांग्रेसले १३औँ महाधिवेशनसम्म क्रियाशील सदस्य ६ लाखसम्म पुर्‍याउने लक्ष्य लिएको थियो । विवाद बढेपछि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिले तीन जिल्लाका नयाँ सदस्यलाई मान्यता नदिएर सदस्यता विवाद टुंग्याएको हो । छानबिन समितिको प्रतिवेदन बुधबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुँदै छ ।  नागरिक दैनिकमा समाचार छ । 

]]>