देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले १३ औं महाधिवेशको तयारीका विषयमा बुधबारदेखि केन्द्रीय समितिमा छलफल गदैछ ।

महाधिवेशन तयारीका लागि गठन गरिएका समितिले गरेका विभिन्न कामको गतिविधि, पार्टीको विधान संशोधन तथा तराईमा जारी आन्दोलन र नाकाबन्दीका कारण महाधिवेशनलाई पर्न सक्ने असरका बारेमा बैठकमा छलफल हुनेछ ।

बिषेश गरि आजको केन्द्रीय समिति  बैठकले क्रियाशील सदस्यताको विवाद टुंगो लगाएर  जिल्ला जिल्लामा पठाउने बारेमा छलफल गरि  निर्णय लिने  बताइएको छ ।

तराईमा जारी आन्दोलन तथा नाकाबन्दीका कारण पार्टीको स्थानीय तहको अधिवेशन गर्नका साथै नेता कार्यकर्तालाई गाउँ जान कठिनाइ भएको तराईमा रहेको कांग्रेसका नेता कार्यकर्ताले बताउँदै आएका छन् ।

]]>