देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

औषधि आपूर्ति सहज हुँदै गएको सरकारको दाबी

देशान्तर

काठमाडौं । भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण औषधि अभाव हुँदा अत्यावश्यक सेवा प्रभावित भइरहेका बेला सरकारले वीरगन्ज नाकाबाहेक अन्य नाका सहज भएपछि औषधिको आयात बढेको दाबी गरेको छ। कुनै पनि परिस्थितिमा स्वास्थ्यजस्तो अत्यावश्यक सेवा अवरुद्ध हुनुहुँदैन भन्दै चौतर्फी दबाब परेपछि आन्दोलनकारीले वीरगन्जबाहेक अन्य नाकाबाट पछिल्लो सातादेखि औषधि आपूर्तिमा रोक नलगाएको औषधि व्यवस्था विभागले दाबी गरेको हो।

‘जीवन र मृत्युसँग सरोकार राख्ने औषधि आपूर्तिमा रोकावट आएपछि सबैतिरबाट त्यसको विरोध भयो,’ विभागका महानिर्देशक बालकृष्ण खकुरेलले भने, ‘नाकाबाट सहज रूपमा औषधि भित्रिन थालेपछि नेपाली बजारमा औषधि अभाव कम हुँदै गएको छ।’

पछिल्लो समय नेपालका प्रभावशाली चिकित्सकहरूले औषधि आपूर्ति रोके तराई आन्दोलन झनै कमजोर भएर जाने चेतावनी दिएका थिए।खकुरेलले जिल्लामा थन्किएका औषधि ढुवानीमा पछिल्लो समय आन्दोलनकारीले रोक नलगाएको दाबी गरे।   अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

]]>