देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेका दुई हजारभन्दा बढी नेता बेरोजगार

देशान्तर

काठमाडौं । एमालेले केन्द्रीय विभागहरूको संख्या बढाएर ३१ पुर्‍याएको छ । एउटा विभागमा कम्तीमा २५ नेता सदस्य हुन्छन् । विभागहरूले पूर्णता पाउदा सात सय ७५ नेताले काम पाउँथे । तर, महाधिवेशन भएको १७ महिना बित्दा पनि विभागहरूलाई पूर्णता दिइएको छैन । पार्टीभित्र दुई खेमाको लडाइाका कारण सदस्यहरू नियुक्त हुन सकेका छैनन् ।

यद्यपि, विभागीय प्रमुखहरू भने तोकिएका छन् । सबैजसो विभागले सम्भावित सदस्यको नामावली संकलन गरेर राखेको छ । तर, नेताहरू  पर्ख र हेरको रणनीतिमा छन् । १६ अञ्चल कमिटी पनि अझै अपूर्ण पार्टीको उपत्यका र प्रवाससहित १६ अञ्चल कमिटी छन् । तर, कसैले पनि पूर्णता पाएका छैनन् । अञ्चल कमिटीमा ६५ सम्म सदस्य रहन सक्ने व्यवस्था छ ।

यस हिसाबले अञ्चल कमिटीमा एक हजारभन्दा धेरै नेतालाई व्यवस्थापन गर्न सकिन्थ्यो । तर, अहिले स्वतः सदस्य हुने सम्बन्धित अञ्चलअन्तर्गतका जिल्ला अध्यक्षहरूको मात्र अञ्चल कमिटी छ । तत्काल अञ्चल कमिटीलाई पूर्णता दिने योजना नरहेको नेताहरू बताउाछन् ।

प्रान्तीय ढाँचाको व्यवस्थाअनुसार अञ्चल कमिटीको सट्टा एकैचोटि प्रान्तीय कमिटी गठन गर्ने तयारी भइरहेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

]]>