देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आधा क्षमतामा मात्रै विद्युत् उत्पादन

देशान्तर

फलेवास। बर्षाममा मोदी खोलामा आएको बाढीले क्षति पुर्याउँदा बन्द रहेको पर्वतको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनाबाट आधा क्षमतामा मात्र विद्युत् उत्पादन भएको छ । 

आयोजनाले चार महिनापछि आधा क्षमतामा विद्युत् उत्पादन सञ्चालन गरेको हो । साउन १३ गते आएको बाढीले क्षतिग्रस्त भएको विद्युत्गृह र उपकरणको मर्मत गरिएपछि यसै सातादेखि एउटा टर्वाइनबाट मात्र उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 

मुलुकभर इन्धन अभाव र विद्युत्भार कटौतीको मार खेपिरहेको अवस्थामा आयोजनाले पाँच मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा थपेको हो । मोदीखोलाको बाढी विद्युत्गृहमा पसेपछि त्यहाँ रहेका इलेक्ट्रिक र इलेक्ट्रो मेकानिकल सबै सामानमा क्षति पुगेको थियो । क्षतिग्रस्त विद्युत्गृह र अन्य संरचना मर्मत गरी एउटा टर्वाइनबाट विद्युत् उत्पादन सञ्चालन गरिएको आयोजनाका निर्देशक उपेन्द्र गौतमले जानकारी दिए। 

मोदीखोलामा साठी वर्षपछि आएको ठूलो बाढीले आयोजनाको विद्युत्गृह, सडक र नहरमा गरी ३० करोडभन्दा बढी क्षति पु¥याएको थियो । विद्युत्गृहको सुरक्षाका लागि लगाइएको पर्खाल भत्काएर मोदीखोलाको बाढी विद्युत्गृहमा पसेपछि सबैभन्दा ठूलो क्षति पुगेको थियो । विद्युत्गृह पानीले भरिएपछि सबै सामान काम नलाग्ने अवस्थामा पुगेका थिए । विद्युत्गृहमा दुई मिटरभन्दा बढी पानीको सतह पुगेपछि जेनेरेटर, टर्वाइन, प्यानल बोर्डमा समेत पानी भरिएको थियो । 

दोबिल्लाको सुन्दरेखोला नहरमा पसेका कारण नहर धेरै ठाउँमा पुरिएको थियो भने स्विचयार्डदेखि विद्युत्गृहसम्म जाने बाटो नदीले कटान गरेको थियो । निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको उक्त आयोजनाले तीन वर्ष पहिलेदेखि विद्युत् उत्पादन थालेको थियो । आयोजनामा बाढीले क्षति पु¥याएपछि साउनको दोस्रो सातादेखि मङ्सिर दोस्रो साता्सम्म विद्युत् उत्पादन बन्द हुँदा उत्पादनतर्फ मात्रै रु १२ करोडभन्दा बढी नोक्सानी भएको गौतम बताउछन् । उनका अनुसा एक महिना विद्युत् बन्द हुँदा रु चार करोड घाटा हुन्छ । 

]]>