देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिता सुरु

देशान्तर

बेलौरी । कञ्चनपुरका दृष्टिविहीन महिलाका लागि क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । 

दृष्टिविहीन क्रिकेट सङ्घ र सुदूरपश्चिम सामुदायिक दृष्टिविहीन सङ्घ नेपालको आयोजनामा आजदेखि कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट प्रतियोगिता सुरु भएको हो । उक्त प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा भूषण श्रेष्ठले गरे । 

सुदूरपश्चिम सामुदायिक दृष्टिविहीन सङ्घ नेपालका अध्यक्ष बलराम पन्तले दृष्टिविहीन महिलाको हौसला र क्षमता विकासका लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताए । 

प्रतियोगितमा कञ्चनपुर दृष्टिविहीन क्रिकेट सङ्घ र कैलाली दृष्टिविहीन क्रिकेट सङ्घका महिलाबीच प्रतियोगिता हुनेछ । विजेता टिमलाई प्रमाणपत्रका साथै सिल्ड प्रदान गरिनेछ । आँखाका अपाङ्गता भएका महिलालाई सिकाउने उद्देश्य भएकाले हारजितभन्दा पनि उनीहरुको विकास मुख्य पक्ष रहनेछ । प्रतियोगिता महेन्द्रनगरको कबर्डहलमा भइरहेको छ । 

]]>