देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेशका पाँच सय उद्योगसँग मोर्चाको असुली

देशान्तर

काठमाडौं । विगत चार महिनादेखि तराईमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले करिब पाँच सय उद्योगसँग दैनिक हजारौं रुपैयाँ असुलेर उद्योग सञ्चालन गर्ने अनुमति दिएको खुलासा भएको छ । उनीहरूले उद्योगको प्रकृति र क्षमता हेरेर प्रतिउद्योग दैनिक ५० हजार रुपैयाँसम्म असुलेका छन् । उनीहरूले उद्योगको कम्पाउन्डबाट मालवाहक गाडी निकाल्दा प्रतिगाडी तीन हजार रुपैयाँ लिने गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए ।

मुरारकाका अनुसार देशभर करिब पाँच सय उद्योग दैनिक रूपमा मोर्चालाई ‘कर’ तिरेर सञ्चालन गर्न बाध्य छन् । ‘हामीसित अरू कुनै विकल्प नै छैन’, मुरारकाले शनिबार भने, ‘अहिले देशमा समानान्तर अर्थतन्त्र सञ्चालन भइरहेको छ । यो देशका लागि घातक हो ।’ यस्तो संस्कृति विगतमा बिहारमा ‘रंगबाजी ट्याक्स’ रहेको र त्यो अब नेपालमा छिरेकोमा चिन्ता व्यक्त गर्दै मुरारकाले ब्ल्याकमा सामान किनेर उत्पादन गर्दा त्यसलाई हिसाबकिताबमा देखाउन मुस्किल परिरहेको बताए । ‘एकातिर ब्ल्याकमा खरिद गरिएका इन्धनलगायत सामग्रीको लेखामा देखाउन मिलेन’, उनले भने, ‘महँगोमा किनेर उत्पादन गर्दा सामान पनि महँगो हुन्छ । अन्ततः त्यसको भार सर्वसाधारणमा परिरहेको छ ।

यसरी दैनिक उठाइएको पैसा कहाँ जान्छ, त्यो हामीलाई थाहा हुँदैन ।’ मुरारकाका अनुसार उद्योग चलाउन  समानान्तर सरकारलाई विश्वासमा नलिईकन असम्भव छ । ‘यो बाध्यता कुनै एकपटकका लागिमात्र होइन, तीनचार महिनादेखि यसरी नै चलिरहेको छ’, उनले भने ।  मुरारकाको भनाइलाई विद्युत् प्राधिकरणको तथ्यांकले पनि पुष्टि गरेको छ । भारतीय नाकाबन्दी र मोर्चाको आन्दोलनका बीच देशमा सबैजसो उद्योग सञ्चालनमात्र भएका छैनन्, अघिल्लो वर्षको तुलनामा तिनले अझ बढी बिजुली पनि खपत गरेका छन् । अन्नपुर्ण पोष्टमा समाचार छ । 

]]>