देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनकपुरका विद्यालयहरु फेरि बन्द

देशान्तर

जनकपुरधाम । शैक्षिक प्रतिष्ठानहरुले विद्यार्थीको समस्यालाई बेवास्ता गरेको भन्दै समाजवादी विद्यार्थी सङ्घले पठनपाठन बन्द गराएका छन् ।

सङ्घका अध्यक्ष ज्ञानेन्द्र झाले प्रतिष्ठानले विद्यार्थीलाई मर्का पर्ने गरी पठनपाठन सञ्चालन गरेको र प्रतिष्ठान बन्द भएको अवधिको शुल्क बुझाउन दबाब दिइरहेकाले सोको विरोधमा पठनपाठन बन्द गराइएको बताए ।

प्रतिष्ठानका सञ्चालकले परीक्षा, शिक्षक र घर भाडाको नाममा विद्यार्थीलाई शुल्क बुझाउन ताकेता गरिरहेको जनाइएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनका अध्यक्ष देवनाथ पाण्डेयले भने आपूmहरुले मोर्चाको निर्णय अनुसार विद्यालय सञ्चालन गरिरहेको बताए ।

 

]]>