देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्व तापमान वृद्धि र कृषि–वनस्पतिमा असर

देशान्तर

डा. विदुरप्रसाद चौलागार्इं
पेरिसमा सन् २०१५ को नोभेम्वर ३० देखि डिसेम्बर १२ सम्म संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनले मानवजन्य कर्मबाट सिर्जना भएको जलबायु परिवर्तन र यसले वृद्धि गराएको विश्वको तापमान वृद्धिलाई सन् २०३०–२०५० को बीचमा औसतमा २ डिग्री सेल्सियसभन्दा माथि लैजान नदिने र तल झारेर सकेसम्म औद्योगिक युग पूर्वकै औसत वृद्धि १.५℃ ल्याउने समझदारी गरेको छ । राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यदल २००७ को भनाइअनुसार हरित गृह ग्यासको उत्पादन र विश्व तापमान वृद्धिले १९४० देखि उकालो चढ्न लागेको हो र हालकै जस्तै औद्योष्कि लापरबाही जारी रहेमा एक्काईसौं शताब्दीको अन्त्यसम्मनमा पृथ्वीको औसत तापमान ६.४ ℃ ले बढ्नेछ र समुद्री सतह ५९ से.मी. माथि चढ्नेछ । दक्षिण कोरियाली जलवायु एजेन्सीको सन् २००८ को रिपोर्टअनुसार विगत १०० वर्षमा (१९०६–२००५) पृथ्वीको तापक्रम औसतमा ०.७४ ℃ ले वृद्धि भएको तथ्यगत अनुमान छ ।

यसो भन्नुको मतलव सन् २०१५ को अक्टोवरको पृथ्वीको जल र जमिनको संयुक्त औसत तापमान विगत १३६ वर्षको अक्टोवर महिनाको रेकर्डभन्दा बढी र २० औं शताब्दीको १४.० ड्ढऋ भन्दा ०.९८ ड्ढऋ माथि पाइयो र प्रत्येक दशकमा अक्टोबरको तापमान वृद्धिदर ०.०६ ड्ढऋ का दरले हु“दै गएको देखिन्छ । अब चाहि“ कसैगरी पनि सन् २०५० भित्र तापमान वृद्धिलाई औसतमा २ ड्ढऋ भन्दा माथि जान नदिने पेरिस जलवायु सम्मलेनको २०१५ को प्राण हो ।

यो गम्भीर घटनाबाट पाठ सिकेर अघि बढ्नका लागि हालै भएको उक्त जलवायु सम्मेलनमा नेपाललगायत विश्वका १९६ सहभागी पक्ष राष्ट्रहरूले सहमति जाहेर गरेका छन । उक्त प्रस्ताव लागू गर्न सहभागी मुलुकहरूले सन् २०१६ को अप्रिल २२ देखि २०१७ अप्रिल २१ सम्ममा न्युयोर्कमा हस्ताक्षर गरिसक्नु पर्नेछ र तदनुरूप आ–आफ्नो राष्ट्रको विधायिकाबाट अनुमोदनसमेत गराउनुपर्नेछ र तदनुरूप कार्ययोजना लागू समेत गर्नुपर्नेछ । यो सम्झौताले सन् २१०० को अन्त्यसम्ममा मानवकृत हरित गृहजन्य ग्यासहरूको शून्य दरमा उत्पादन हुनुपर्ने कुराको निक्र्योल गर्ने भनेको छ ।

तर केही वैज्ञानिकहरूको भनाइमा सन् २०५० भित्रै हरित गृहजन्य ग्यासहरूको उत्पादन शून्य दरमा झारेमा मात्रै यो शताब्दीको अन्त्यमा १.५℃ डिग्रीको लक्ष्य पूरा हुन सक्छ । यदि मानवजन्य गतविधिले विश्वको तापमान बढेर यो धर्ती मानवलगायत अन्य जीव जगत्का लागि भविष्यमा बस्न अयोग्य बासस्थान हुन लागेको हो भने यसको मुख्य भागीदार को छन् त ? यसमा धनी औद्योगिक राष्ट्रको अत्यधिक उत्पादन, व्यापार र विलासिताको लोभ र गरिब राष्ट्रहरूको आफ्नो भएको स्रोतको राम्रो व्यवस्थापन गर्न नसक्ने निकम्मापन र भ्रष्ट आचरणले ल्याएको गरिबी जिम्मेवार छन् ।

विश्वमा उपनिवेश र औद्योगिकीकरणको चरणदेखि नै बलिया र धनी राष्ट्रहरूले आफ्नो देशमा उद्योग चलाउनेदेखि आफूले उपनिवेश बनाएर कज्याएका देशहरूको प्राकृतिक स्रोतमाथि नराम्रोस“ग खेलबाड गरे । आफ्नो देशमा उद्योगबाट धुँवाको मुस्लो र अन्य रसायनहरू निकाल्नाले पार्ने वातावरणीय प्रभावको हेक्का राखेनन् भने आफ्ना उपनिवेशमा गरिबी, श्रम र स्रोतको शोषण, वन जंगलको फँडानी र खनिजको उत्खननबाट प्रकृतिमा ठूलो विनाश र भार पर्न गयो । अहिलेसम्म पनि सबैखाले मुलुकहरूले जानी–नजानी, बाध्यता वा सुखसयलका लागि हरितगृह ग्यास उत्सर्जन गरिनै रहेका छन् । मुख्य हरितगृहजन्य ग्यासहरूको उदाहरणमा कार्वनडाइअक्साइड, सल्फरडाइअक्साइड, क्लोरोफ्लुरो कार्बन, ओजोन, जल–वाष्प, नाइट्रस अक्साइड, क्लोरोफ्लुरो मिथेन र सल्फरहेक्जाफ्लुराइड हुन् ।

यीमध्ये कतिपय ग्यासहरू औद्योगिक तथा पिछडिएका गरिब दुवै खाले मुलुकको जीवनयापनस“ग प्रत्यक्ष जोडिएका छन् भने कतिपय ग्यासहरू धनी मुलुकका जीवनयापन र सुखसयलस“ग मात्रै जोडिएका छन् । जस्तै, जलबाष्प ठूला मानव निर्मित बा“ध, ताल र खेतीको लागि सिँचाइका कारणले उत्पन्न हुन्छ । झट्ट हेर्दा पानीको बाफ त हो, यसले कसरी हरितगृह ग्यासको काम गरेर नोक्सानी पार्छ भन्ने आम बुझाइ पनि हुन सक्छ तर बाफले सूर्यको किरणबाट प्राप्त तापलाई अत्यन्तै कुशलतापुर्वक सोसेर तापमान वृद्धिमा भूमिका खेल्दछ । यसैगरी खेतीपातीको लागि मलखादको आवश्यक हुन्छ भने यसले नाइट्रस अक्साइड उत्पादन गराउ“छ र कलकारखानाबाट पनि यो उत्सर्जन हुन्छ । कार्वनडाइअक्साइड र मिथेनग्यास खनिज इन्धन उत्पादन तथा प्रज्वलन, धानको बोटबाट र खेतीपातीका अन्नपातहरू, वन जंगलका कुहिएका अंगका साथै पशु चौपायाको जीवन प्रक्रिया र मलबाट उत्सर्जन हुन जान्छ ।

तर उच्च बायुमण्डलीय ओजोन, नाइट्रसअक्साइड, क्लोरोफ्लुरोमिथेन र सल्फरहेक्जाफ्लुराइड भने नितान्त औद्योगीकरण र सुखसयलका लागि चाहिने उत्पादनका कारणले उत्सर्जन हुन जान्छन् । हरितगृह ग्यासले जलवायुमा पार्ने परिवर्तन भनेको मुख्य गरेर पृथ्वीको वायुमण्डलीय सतहको तापक्रम वृद्धि गराउने हो । जसरी किसानले बनाएको हरितगृहमा सूर्यको प्रकाश छिरेर ताप बढ्छ र हरितगृहको वनस्पतिहरू र सुक्ष्म जीवहरूले निकालेको कार्वनडाइअक्साइड र मिथेनग्यासले उक्त ताप सोसेर राख्छ र त्यो ताप पूरै बाहिर निस्कन पाउँदैन । यसरी हरितगृहको तापमान बाह्य वातावरणको भन्दा बढी हुन्छ । त्यसै गरेर पृथ्वीको वायुमण्डलमा उत्सर्जन भएका हरितगृहभित्रका ग्यासहरूले जस्तै ताप बढाउने धेरै खाले ग्यासहरूले सूर्यको प्रकाशबाट आउने ताप पृथ्वीको वायुमण्डल बाहिर जान नदिएर पृथ्वीमै रोकेर वायुमण्डलको तापमान निरन्तर वृद्धि गर्न मद्धत पु¥याउछन् र यो प्रक्रियालाई हरितगृह प्रभाव भनिएको हो ।

विश्व तापमान वृद्धिले गर्ने मुख्य असरहरूमध्येमा भएका हिमशृंखलाहरू र ध्रुवीय हिमशिलाहरू पग्लेर समुद्री सतहमा वृद्धि हुने हो । यसका साथै बढ्दो तापक्रमले ल्याउने जलवायु परिवर्तनले सुक्खापनदेखि भीषण वर्षाहरू हुने गर्दछन् । जलवायु परिवर्तनका कारण तापमान वृद्धिका साथै स्थानीय परिस्थितिकीय प्रणालीमा आउने फेरबदलले हाल भए रहेका जीवजन्तु वनस्पति र सूक्ष्म जीवहरूको जैविक तथा जीव रासायनिक प्रक्रियाहरूमा, बासस्थानमा, जैविक चक्रमा र अनुवांशिक तथा उपरिअनुवांशिक चरित्रमा फरक पार्ने हुन सक्छ । जलवायु परिवर्तनका कतिपय असर नकारात्मक हुने भए पनि केही असरहरू सकारात्मक पनि हुन जाने देखिन्छ । यदि पृथ्वीको तापमान यही हदले वृद्धि हुदै गयो भने भविष्यमा यस्तो दिन पनि आउन सक्छ जहा हिउँदको तापक्रम समेत ५ डिग्री सेल्सियसभन्दा माथि चढेर गएको हुन्छ र यो भनेको प्रकृतिमा वनस्पति जगत्, सूक्ष्मजीवहरू र यसमा भरपर्ने जीवहरूको जीवन संकटमा पर्नु हो ।

विश्वव्यापी गर्मीले ल्याउन सक्ने असरहरूमा धेरै तापमा चा“डो वनस्पतिको वृद्धिले गर्दा खाद्यान्नहरूको कमसल गुण र कम उत्पादकत्व हुने, कम सक्खरजनित रसायनहरूको उत्पादन, बाली–बोटमा फलफूल चा“डो पाक्ने र झर्न जाने, खेतबारीमा झारपातको अत्यधिक फैलावट र आक्रमण, ढुसी, ब्याक्टेरिया, भाइरसलगायत कीटपतंगको लागि अति उपयुक्त मौसमले अन्नपात र फलफूलका बोटबिरुवालाई रोग कीराले धेरै संक्रमण, माटोमा भएका पोषण तत्वहरू वनस्पति र सूक्ष्मजीवको वृद्धिका लागि अत्याधिक मात्रामा खपत हुनाले माटोको असल गुणमा चाडै नै ह्रास हुने र अत्यधिक वर्षा वा खँडेरीको उजाडताले तीव्र भूक्षयीकरण हुनेछन् ।

यसका अलावा वनस्पति, सूक्ष्म जीवलगायत अन्य जीवहरूको अन्य आन्तरिक जीवरसायनिक प्रक्रियामा समेत व्यापक प्रभाव पर्न जानेछ । जस्तो, कतिपय वनस्पतिहरूको र अन्नपातहरूमा फूलको कोपिला लाग्न र नया“ मुना टुसाउन यिनीहरूले कम्तीमा पनि एक हिउ“दको चिसो वनजंगल वा खेतबारीमा खाएको हुनुपर्दछ । जुन प्रक्रियालाई वनस्पति विज्ञानमा ठण्डीकरण भनिन्छ । बाहिर वनजंगल वा खेतबारीमै ठण्डी खाएको हुनुपर्दछ भन्नुको मतलव घरको न्यानोमा भण्डार गरी राखिएको बीउबीजनले ५ डिग्रीदेखि १ डिग्रीसम्मको ठण्डी भेट्ने सम्भावना हुदैन ।

वनस्पतिले ठण्डी महसुस गरेपछि मात्रै यिनीहरूको कोपिला लाग्ने, फूल फुल्ने र नया मुना टुसाउन आवश्यक पर्ने वंशाणु गुण सूत्रहरू (जस्तै VRN1, VRN2, FT (VRN3) जिन सक्रिय हुन थाल्दछन् र सम्बन्धित प्रक्रियाहरू सुरु गराउदछन् । यदि पृथ्वीको तापमान बढेर ५ डिग्री नाघ्ने हो भने वनस्पति र अन्नबालीहरूको यो प्रक्रिया मानिसले कृत्रिम माध्यमबाट पूरा गराउनुपर्ने हुन्छ अन्यथा बोटबिरुवामा फूल फुल्दैन र फल लाग्न पाउदैन । यसरी समस्त खाद्य सुरक्षा, जैविक र परिस्थितिकीय प्रणाली तहसनहस हुन जान्छ । यसका साथै बढ्दो तापमानले पराग सेचन गराउने मौरीलगायत अन्य कीटपतंगहरूको जीवन प्रक्रिया र जीवनचक्रमा समेत परिवर्तन ल्याएर बातावरणीय सन्तुलनलाई बिगार्न लाग्दछ ।

एउटा कर्मका दुइवटा पाटा जता पनि भेटिन सकिन्छ र जलवायु परिवर्तन र तापमान वृद्धिको बेफाइदा मात्रै नभएर फाइदा पनि यसैअनुसार पाउन सकिन्छ । यसको एउटा महत्वपूर्ण पाटो सन् २०३० सम्ममा हावामा विश्व कार्वनडाइअक्साइडको मात्रा अहिलेको ३५० भाग प्रति दस लाखबाट बढेर ४०० प्रति दसलाख वा अझ बढी हुन जाने सम्भावना छ । यसले प्रकाश संश्लेषण (फोटो सेन्थेसिस) को माध्यमबाट कृषि उत्पादनलगायत वनस्पतिक तौल र आयतनमा सकारात्मक वृद्धि गराउनेछ र मानवको लागि खाद्य सुरक्षालगायत स्वस्थ वातावरणको निर्माण गर्नेछ भन्ने अनुमान पनि छ ।

बढ्दो जनसंख्याको लागि खाद्य सुरक्षाको भार थपिएको पृथ्वीको लागि जलवायु परिवर्तनले ल्याउन सक्ने एउटा सकारात्मक पाटो भनेको धेरै नै ठण्डी भएर अन्नपात उब्जाउ नहुने ध्रुवीय क्षेत्रहरूमा खेतीपातीका लागि सहज वातावरण निर्माण गरिदिने हो । नेपालकै हकमा उच्च पहाडी लेक र हिमाली भेगमा पहिले राम्रोसग खेतीपाती, अन्न उब्जाउ नहुने ठाउमा अहिले केही अन्नपात र फलफूल हुर्कन थालेको वा उत्पादनमा वृद्धि हुन थालेका समाचारहरू आउन थालेका छन् । रसिया, क्यानडालगायतका उत्तरी ध्रुव र युरोपका विशाल फाटहरू बढ्दो तापमानले गर्दा न्यानो समय लम्बिएर वनस्पतिको वृद्धि सकारात्मक हुने, अन्नपातको बोट अनुकूलको न्यानो हावा र मलिलो माटो हुने र सूक्ष्म जीवहरूसमेत बढी सक्रिय बन्न जाने सम्भावना पनि यसले देखाएको छ । तापमान बढ्नु भन्नुको मतलव वायुमा मुख्य गरेर कार्वनडाइअक्साइडको मात्रा बढी भएको कारणले हो । यसले ल्याउने फाइदाहरूमा वनस्पतिको वृद्धिका लागि चाहिने खाद्य निर्माण प्रक्रिया फोटोसेन्थेसिसको लागि उच्च मात्रा कार्वनडाइअक्साइड र जीव रासायनिक प्रक्रियाको लागि आवश्यक न्यूनतम तापक्रमको व्यवस्था हुन जानु पनि हो ।

जाडो ठाउमा तापमान वृद्धि हुनु भनेको तल माटोमा बढ्दो तापमानले ढुसीलगायतका ब्याक्टेरियाहरूको सक्रियता बढेर वनस्पतिहरूलाई आवश्यक खनिज पोषण र कार्वनडाइअक्साइड दुवै उपलब्ध गराउन मद्दत पु¥याउछ । बढ्दो तापमानले वर्षाको मात्रामा समेत वृद्धि गरेर खेतीपातीको उब्जाउ बढाउने आधारमा पनि देखिन्छ । अहिलेको बढ्दो कृषि रसायन प्रयोगको युगमा यदि नया“ उर्वर भूमिमा प्रांगारिक तरिकाले नया दिगो खेतीको सुरुवात हुन जान्छ भने यसले धेरै क्षेत्रफलमा स्वस्थ किसिमको उब्जनी निकालेर बढ्दो जनसंख्याको मागलाई आपूर्ति गरेर सहयोगसमेत गर्न सक्छ । समग्रमा तापमान वृद्धिको फाइदाहरूमा धेरै कार्वनडाइअक्साइड र उत्तम तापमानका कारण अन्नपातहरूको उत्पादकत्वमा वृद्धि,  खेतीयोग्य जमिनको विस्तार, वार्षिक दुई वा बढी खेतीप्रणाली र सघन कृषि, ठण्डीबाट बोटबिरुवाको स्वास्थ्यमा नकारात्मक असरमा कमी, बाली सपार्न प्रयोग हुने हरितगृह खेती प्रणालीमा कमी वा सुधार हुन जानेछन् ।

झट्ट हेर्दा यी यावत् फाइदाहरू विश्वतापमानको वृद्धिले गर्दा हुन सक्ने देखाए पनि यो भनेको खासमा निराशामा आशाको भरथेग मात्रै हो । हाल भइराखेको अवस्था वा औद्योगिक युग पूर्वको जलवायुको स्थितिमा अहिलेको वातावरणलाई लैजान नसकेको खण्डमा हरितगृह ग्यासहरूको उत्सर्जन गरेर गरिने सुख सयल, खानपान, रहन सहन र उत्पादकत्व वृद्धि भनेको घर जलाएर हिउदको एक रात आगो तापेर र भोलिपल्टदेखिको आफ्नै र भावी सन्तानको बिल्लीबाठ पार्ने उखान जस्तो मात्रै हुन जानेछ ।

सन्तुलित जलवायु र जैविक विविधतासहितको सुन्दर भविष्य भनेको चुस्त र दिगो कृषि, प्रदूषणरहित र नवीकरणीय ऊर्जाको उपयोग,  वातावरणमैत्री औद्योगिक क्रियाकलापहरू र शून्य कार्वनडाइअकसाइड उत्पादन प्रणाली नै हुन् । यसको उपलब्धिका लागि सामाजिक जीवनका सबै पक्षहरूलाई विश्व तापमान वृद्धिका कारण र असरहरू बुझाउने, समाज र व्यक्तिको कर्तव्य पालना गराउन उत्प्रेरित गराउने औपचारिक वा अनौपचारिक शिक्षा र सञ्चारको आवश्यकताका साथै मानवीय संवेदनाको अहम् भूमिका रहने देखिन्छ ।

 

]]>