काठमाडौं । नेपाली महिलामाथी बलात्कार गर्ने सातजना युवाहरुलाई भारतको हरियाणा जिल्ला अदालतले फाँसीको सजाया सुनाएको छ । २८ वर्षि नेपाली महिलालाई बलात्कार तथा हत्याको आरोपीत नौँ जनामध्ये सात जनालाई मृत्युदण्डको सजाया सुनाएको हो । नौजना आरोपीत मध्ये एकजना नाबालिग भएको र एकजनाले अगाडि नै आत्महत्या गरेका थिए ।
अदालतले उनीहरुको कार्यलाई संगीन अपराध भएको बताएको छ । रोहतक जिल्लाको गड्डी खेरा गाविसमा गत फेब्रुवरीमा भएको थियो ।करार अपराधीहरुले पीडित महिलमाति जबरजस्ती सामूहिक बलात्करपछि ढुङ्गाले हानेर उनको हत्या गरेका थिए ।
मृतक को पोस्टमार्टम गर्ने डाक्टरका अुनसार पनि अमानबीय तरीकाले जवरजस्ती सामूहिक बलात्ककार तथा गम्भिर शारीरिक यातापश्चात हत्या गरेको पुष्टि भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
मृतक नेपाली महिला हरियाणाको रोहतकमा आफन्तको बस्ने गर्थिन् । फेब्रुवरी एकमा बेपत्ता भएकी उनी ४ फेब्रुवरीमा क्षतविक्ष्त मृतक शरिर फेला परेको थियो ।
शब फेला परेको पाँचदिनमा नै प्रहरीले नौ फेब्रुवरीमा पक्राउगरी हिरासतमा लिएको थियो । जसमा एकजना नेपाली युवा पनि थिए ।
]]>
प्रतिक्रिया