काठमाडौं । नेपाली काँग्रेस र सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको छलफल सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।
केही समय अगाडि सकिएको काँग्रेस र मोर्चाबीचको छलफलबाट निष्कर्ष केही ननिस्केपनि सकारात्मक भएको छलफलमा सरहभागी नेताहरुले बताएका छन् ।
काँग्रेस सभापति सुशिल कोइराला निवास महाराजगञ्जमा मंगलबार बिहान भएको नेपाली कांग्रेस र मधेसी मोर्चाबीचको वार्तामा मधेसी मोर्चाका महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतका मोर्चाका नेताहरुको सहभागिता रहेको थियो ।
वार्तापछि सद्भावना पार्टीका संसदीय दलका नेता लक्ष्मणलाल कर्णले वार्ता टुंगोमा नपुगे पनि सकारात्मक किसिमले अन्य वार्ता गर्ने निर्णय लिएको बताए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले मोर्चाका राखेका मागहरुप्रति पार्टी सकारात्मक रहेको बताउँदै नागरिकताका विषयमा काँग्रेस लचिलो भएको र सीमांकनका विषयमा अन्य दलहरुसँग छलफल गरेर सहमतिमा पुग्ने निर्णय गरेको बताए ।
]]>
प्रतिक्रिया