देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेसमा दुई प्रदेश बनाउन सकिन्छ : निधि

देशान्तर

विराटनगर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेसी मोर्चाले उठाएको मागलाई तत्काल सम्वोधन गर्न मधेसमा दुई प्रदेश बनाउन सकिने बताएका छन् । जिल्लाको विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्रले टुंग्याउने गरी हाललाई दुई प्रदेशमा मोर्चासंग सहमति गर्न आवश्यक रहेको निधिको भनाइ थियो ।

नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा निधिले मोर्चाका मागलाई सम्वोधन गरी समस्या समाधान गर्न नेपाली कांग्रेसले पहल गरिरहेको जानकारी समेत दिए । ‘नेपाली कांग्रेसले पार्टीको स्पष्ट धारणा छ । मधेसमा दुई प्रदेश बनाउन सकिन्छ अबको मोर्चाको आन्दोलनलाई सफल अवतरण यहिबाट हुनेछ’ निधिले भने ।

एक अर्को प्रसंगमा निधिले केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई जनकपुरमा गरिएको अपमान मिथिला संस्कृतिविपरित रहेको वताए । उनले भने, ‘म आफै जनकपुरवासी भएकाले राष्ट्रपति भण्डारी माथि विधुवा भन्दै गरिएको अपमान समग्र महिलामाथि गरिएको विभेद हो, यस्तो संस्कार मिथिलामा हुनु हुँदैन ।’

 

]]>