देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोर्चासँगको छलफललाई निष्कर्ष पुर्याउन काँग्रेसको जोड

देशान्तर

काठमाडौँ। नेपाली काँग्रेसले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको छलफललाई निष्कर्षमा पु¥याउन सक्दो प्रयास गर्ने जनाएको छ । 

काँग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा आज भएको काँगे्रस पदाधिकारी बैठकले मोर्चासँगको छलफललाई व्यवस्थित बनाई टुङ्गोमा पुर्याउन सक्दो प्रयास गर्ने निष्कर्ष निकालेको छ । 

काँग्रेसले केही दिनयता मोर्चाको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता र छलफललाई तीव्रता दिएको छ । 

साथै बैठकले आजको व्यवस्थापिका–संसदको बैठकलाई कसरी अघि बढाउने सम्बन्धमा पनि छलफल गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य महेश आचार्यले बताए । 

बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको विवादलाई सुल्झाउने सम्बन्धमा पनि छलफल गरेको छ । 

काँग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएका विवाद समाधान सम्बन्धमा समितिमा उठेका धारणालाई समेत सम्बोधन गरी तीन दिनभित्र सभापतिलाई प्रतिवेदन बुझाउन आदेश दिएको थियो । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिलाई दिएको समयावधिको आज अन्तिम दिन हो । 

]]>