देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँ उपत्यकामा आज वर्षकै बढी चिसो

देशान्तर

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी जाडो महसुस भएको छ । 

उपत्यकामा आज न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जाडो मौसम सुरु भएसँगै उपत्यकासहित देशभर क्रमशः चिसो बढ्दै गएको छ । अघिल्लो मङ्सिर २९ तथा पुस १ र २ गते पनि अत्यधिक चिसो (न्यूनतम तापक्रम २ डिग्रीसम्म) पुगेको थियो । 

मौसमविद् शान्ति कँडेलका अनुसार अघिल्लोे बर्ष सन् २०१४ को यही समयमा सबैभन्दा कम न्यूनतम तापक्रम १.४ डिग्री सेल्सियस मापन गरिएको थियो । यो वर्ष २०१५ मा भने आज सबैभन्दा कम तापक्रम ०.९ मा झरेको हो । 

सामान्यतयाः जाडो मौसममा डिसेम्बरको अन्तिम साता र जनवरीको पहिलो सातामा बढी जाडो हुने गर्दछ । मौसमविद्हरुले अबको १५ देखि २० दिनसम्म चिसो बढ्ने र त्यसपछि मौसम सामान्य हुँदै जाने बताएका  छन् । 

चिसो बढेसँगै विभिन्न रोगको जोखिम बढ्ने भएकाले पूर्व सावधानी अपनाउन सर्वसाधारणलाई मौसमविद्को सुझाव छ । बिहानीपख र बेलुका विशेष ध्यान पुर्याउन आग्रह गर्दै मौसमविद्हरुले चिसोका कारण रुघाखोकी, निमोनिया, दम, हृदयाघात, उच्च रक्तचापलगायत समस्या आउने बताएका छन्  ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १५ डिग्री सेल्सियस रहेको पनि महाशाखाले जनाएको छ । 

]]>