देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पत्रकारमाथि भएको दुव्र्यवहारको प्रेस युनियनद्वारा भत्र्सना

देशान्तर

काठमाडौँ । नेपाल प्रेस युनियन सर्लाही शाखाका सदस्य विश्वनाथ ठाकुर र केन्द्रीय प्रतिनिधि ओमप्रसाद ठाकुरमाथि सोमबार सर्लाहीमा समाचार सङ्कलनका क्रममा भएको दुव्र्यवहार र धम्कीको नेपाल प्रेस युनियनले भत्र्सना गरेको छ । 

युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनको फोटो खिच्ने क्रममा पत्रकारद्वयलाई ‘क्यामेरा फुटाइदिन्छु’ र ‘गोली ठोक्छु’ भन्दै सुरक्षाकर्मीले गरेको व्यवहारको भत्र्सना गरेका छन् । 

प्रतिकूल र आन्दोलनका बेलामा पनि आफ्नो धर्म निर्वाह गर्न तल्लीन पत्रकारमाथि सुरक्षाकर्मीबाट भएको दुव्र्यवहार र धम्कीप्रति युनियनले आपत्ति जनाएको हो । 

युनियनले पत्रकारमाथि भएको दुव्र्यवहार र धम्कीको निन्दा गर्दै दोषीलाई कारबाही गर्न मागसमेत गरेको छ । 

]]>