देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदमा संविधान संशोधन प्रस्ताव प्रस्तुत

देशान्तर

काठमाडौँ । मधेसवादी दलको विरोधका बाबजुद पनि व्यवस्थापिका–संसद्को आजको बैठकमा संविधान संशोधनको प्रस्तावले प्रवेश पाएकोे छ । 

संविधानमा मधेसी मोर्चाले राखेका मागका विषयमा सहमति जुटाउन पाँच दिनसम्मको प्रयास असफल भएपछि आज प्रारम्भ भएको बैठकमा मधेसवादी दलले सुरुदेखि अन्त्यसम्म विरोध जनाएका थिए । 

विरोधका बाबजुद कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलका तर्फबाट उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले नेपालको संविधान ९पहिलो संशोधन० विधेयक, २०७२ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 

सभामुख ओनसरी घर्तीमगरले उक्त प्रस्तावमा यही पुस १२ गते आइतबारबाट छलफल प्रारम्भ गरिने जानकारी दिइन्। 

 

]]>