देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इन्धन तस्करको हातमा १५ अर्ब, सरकारको अर्बौ राजस्व गुम्यो

देशान्तर

काठमाडौं । भारतको अघोषित नाकाबन्दीपछि सर्वसाधारणको जीवन कष्टपूर्ण रहेपनि तस्कार, कालोबजारी तथा माफियालार्य भने मोटाउने वातावरण बन्यो । उनीहरुलाई यो नाकाबन्दी ढुंगा खोज्दा देउता मिलेजस्तै भएको छ ।

कमजोर सरकारी संयन्त्रको फाइदा उठाएर तीन महिनाको छोटो अवधिमा तस्कारले अर्बौ रुपैयाँ कमाए । चोर बाटोमाफत मौलाएको व्यापारबाट ठूलो परिणामको धनराशि राजस्व तस्कोको खल्तीमा पुगेको छ । सरकार र निगमलाई बुझाउनुपर्ने राजस्वज तस्करमार्फत एकतर्फी रुपमा भारतको हातमा पुगेको छ ।

तस्कर र माफियाको हातमा इन्धनको व्यापार जाँदा भारतसँगै इन्धन माफियाले नसोचेको कमाउन सफल भए । तस्कर र माफिया अससोजदेखि मंसिरसम्म तीन महिनालाई व्यापार फस्टाएको अबधिका रुपमा लिएका छन् ।  

सरकारी आँकडाअनुसार तीन महिनाको अवधिमा अबैध रुपमा ल्याइएको इन्धन विक्री गरेर सबै खर्च कटाई माफियाले १४ अर्ब ६९ करोड ७४ लाख ३५ हजार रुयैयाँ खुद नाफा आर्जन गरेका छन् ।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । 

]]>