देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्पपीडित ११ लाख बालबालिका चिसोबाट प्रभावित

देशान्तर

काठमाडौं । केन्द्रीय बाल कल्याण समितिको तथ्या‌ङ्क अनुसार चिसोका कारण ११ लाख २१ हजार आठ जना भूकम्पपीडित बालबालिका उच्च जोखिममा परेका छन् । युनिसेफका अनुसार नाकाबन्दीले भूकम्प प्रभावित जिल्लाका बालबालिकाले पौष्टिक आहार, खोप, औषधि पाएका छैनन् ।

युनिसेफले भनेको छ, ‘इन्धन खाना, औषधि र खोप अभावले यो वर्षको जाडोमा नेपालका पाँच वर्ष मुनिका तीन लाखभन्दा धेरै बालबालिका बिरामी वा मृत्युसमेत हुनसक्ने जोखिममा छन् ।

भूकम्पको असर भोगेका बालबालिका सबैभन्दा बढी प्रभावित छन् ।’ देशभर नाकाबन्दी तथा भूकम्पले पाँच वर्षमुनिका ३० लाख बालबालिका प्रभावित रहेको युनिसेफको तथ्यांक  छ । यसैवीच भूकम्पपीडितलार्इ न्यानोका लागि प्रभावित १४ जिल्लामा सरकारले झन्डै साढे पाँच अर्ब रुपैयाँ वितरण गर्ने भएको छ  ।

सो रकम भूकम्पपीडित प्रत्येक परिवारलार्इ १० – १० हजार रुपैयाँका दरले वितरण गर्न थालिकएक छ । तर पीडित परिवारले राहत नपाएको गुनासो गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

]]>