काठमाडौं । महाभारत ४ उखुडाँडाका कसिान व्यावसायिक उखु खेती गरेर वाषिर्क लाखौं रुपैयाँ आम्दानी गर्छन । तमोर नदीको बगरमा रहेको उखुडाँडामा समतल भूभाग र सिँचाइको अभाव नरहेकाले यहाँका किसानले उखु खेतीबाट लाखौ रुपैयाँ आम्दानी लिन थालेका हुन् ।
पुर्खौदेखि उखु खेती गर्दै आएका उखुडाँडाका मागीश्वर लिम्बुले उखु बिक्रीबाट एकै सिजनमा पाँच लाख रुपैयाँसम्म आम्दानी गर्छन । २१ रोपनी क्षेत्रफलमा लिम्बुले गेमर र पानमारे प्रजातिका उखु लगाएको छ । अन्य खेतीभन्दा बढी आम्दानी दिने र बजारको सहज पहुँच भएकाले उखु खेती सजिलो भएको उनी बताउँछन ।
उनका अनुसार उखु खेतीबाट नगदै आम्दानी हुने भएपछि यहाँका किसानले निर्वाहमुखी खाद्यबाली छाडेर व्यावसायिक रुपमै उखु खेती लगाएका छन् । अन्नपुर्णपोष्टमा समाचार छ ।
]]>
प्रतिक्रिया