देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इलामको सुन्तला किन्न भारतीयको ताँती

देशान्तर

काठमाडौं । इलामको सलकपुरमा हरेक आइतबार भारतीय नागरिक पाकेर पहेंलै भएको सुन्तला बगान हेर्न र फल खान आउने गरेका छन् । भारतीयको ताँतीले सलकपुरबासीलाई सुन्तला कसरी बेच्ने भन्ने चिन्ताबाट मुक्त गरिदिएको छ । एकैदिन किसानको सयौं क्विन्टल सुन्तला बिक्ने गरेको छ ।

मेची नदीको बगरदेखि भारतीय पर्यटकको ताँती देखिन्छ । मेची नदीको बगरदेखि सलकपुरको सुन्तला बगानसम्म पुग्न करिब ६ किलोमिटर उकालो बाटो छ । उकालोको वास्तै नगरी भारतीय नागरिक सकलपुर आउँछन ।

सुन्तला किन्न सिलिगुढीनजिकको खप्रेलबाट आउँदै गरेकी सुसेना उराउले भनिन् ‘हरेक आइतबार सुन्तला खान आउनेको यस्तै लामो ताँती लाग्छ । यहाँको जस्तो सुन्तला अरुतिर पाइन्न ।’ अन्नपुर्ण पोष्टमा समाचार छ । 

]]>