देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेसी मोर्चाका नेता राजेन्द्र महतो घाइते

देशान्तर

विराटनगर । संयुक्त मधेसी मोर्चा र प्रहरीको झडपका क्रममा मोर्चाका नेता राजेन्द्र महतो घाइते भएका छन् । उनको टाउको फुटेको र यतिखेर उनी भारतको जोगवनीतर्फ गएका छन् । विराटनगरको रानीस्थित भन्सार नाकालाई मोर्चाका कार्यकर्ताहरुले आज अपराह्न ४ः१५ बजे धर्नामा बसेर अवरोध गर्न खोज्दा सो झडप भएको हो ।  

प्रहरीले धर्नामा नबस्न सम्झाउने क्रममा मोर्चाका कार्यकर्ताद्वारा ढुङ्गामुढा प्रहार भएपछि अवस्थालाई साम्य पार्न प्रहरीले दुई राउन्ड अश्रुसेल प्रहार गरेका थिए ।  त्यसपछि मोर्चाका कार्यकर्ताहरुले सीमापारिबाट ढुङ्गामुढा गरेको र भारतको सीमा सुरक्षा बलले पनि मोर्चाका कार्यकर्तालाई धपाउनका लागि बल प्रयोग गरेका थिए ।

 राजेन्द्र महतोको टाउको फुटेको सम्बन्धमा ढुङ्गामुढाका कारणले वा भारतीय सीमा सुरक्षा बलको लट्ठी प्रहारबाट भएको हुनसक्ने तर नेपाल प्रहरीबाट नेता महतोमाथि प्रहार नभएको प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले बताएका छन् । राजेन्द्र महतो भारतीय क्षेत्रबाट आज अपराह्न रानी विराटनगरमा प्रवेश गरेको बताइएको छ । उक्त घटनामा पाँचजना मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक खरेलले जानकारी गराए । 

]]>