देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साफ च्याम्पियनसिप फुटबलमा नेपाल–भारत भिड्दै

देशान्तर

काठमाडौ । भारतमा जारी साफ चयम्पियनसिप फुटबलको समूह चरणको अन्तिम खेलमा नेपाल  आज आयोजक राष्ट्र भारतसंग भिड्दै छ । भारतको केरेलास्थित त्रिवेन्द्रम रंगशालामा आज साँझ हुने समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्न लागेको हो ।

खेल नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ । उद्घाटन खेलमा श्रीलंकासँग एक सून्यले पराजित भएको नेपाललाई अघिल्लो चरण प्रवेशका लागि भारतमाथि स्पष्ट तीन सून्य गोल अन्तरको जित आवश्यक छ ।

भारतमाथि सांघुरो जित निकाले पनि नेपाल साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिने छ । नेपाल र भारतवीचको खेलसँगै साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समिकरण पुरा हुनेछ । समूह ए मा नेपालसँगै रहेका भारत र श्रीलंकाको ३–३ अंक छ भने नेपाल अंकविहीन छ ।

 

]]>