देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्युत् प्राधिकरणका ५३० ट्रान्सफर्मर जले

देशान्तर

काठमाडौं । उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले विद्युत् सङ्कट समाधान गर्ने ढङ्गले काम गर्न नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्रीमा नियुक्त भएको साढे दुई महिनापछि आज प्राधिकरण पुगेर ऊर्जामन्त्रीले जलविद्युत् क्षेत्रका विकासका लागि प्राधिकरणले केके गर्नुपर्ने हो, ठोस कार्ययोजना बनाएर ल्याउन आग्रह गर्दैे भने– “ऊर्जा सङ्कट समाधान गर्न के के गर्नुपर्छ, गर्नुस् । ”

 
पछिल्लो दिनमा नदीमा जलप्रवाह घटेका कारण दैनिक ११ घन्टाभन्दा बढी विद्युत्भार कटौती भएको र  भारतको अघोषित नाकाबन्दीपछि सबैभन्दा बढी भार विद्युत्मा नै परेकाले समस्या उत्पन्न भइरहेका अवस्थामा सबैसँग मिलेर काम गरिने ऊर्जा मन्त्रीको भनाइ थियो ।

गत भदौ १० गतेदेखि प्राधिकरणको बोर्ड बैठक बस्न नसकेको, कार्यकारी प्रमुखको विवादका कारण दैनिक कामकाजमा समस्या उत्पन्न भएको र  विद्युत् खरिद सम्झौता रोकिएको छ ।

प्राधिकरण सञ्चालक समितिको सदस्यको विवाद पनि कायमै रहँदा थप समस्या भइरहेका अवस्थामा ऊर्जामन्त्री रायमाझीले सबै समस्या समाधान गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा प्राधिकरणका कार्यकारी प्रमुख मुकेशराज काफ्लेले प्राधिकरणको समग्र कार्ययोजनाका बारेमा जानकारी गराउँदै भने प्राधिकरणका कर्मचारी सङ्घसङ्गठनका प्रमुखले पछिल्लो दिनमा प्राधिकरणका ५३० ट्रान्सफर्मर जलेको र विद्युत् प्रणालीमा नै समस्या भएको अवस्थामा मर्मतसम्भारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याएका थिए । 

]]>