देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस भागबन्डालेमात्र चल्न सक्दैनः खड्का

देशान्तर

पोखरा। नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले नेपाली काँग्रेस ६०÷४० को भागबन्डाको आधारमा अगाडि बढ्न नसक्ने बताएका छन् । 

नेपाल प्रेस युनियन, कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले काँग्रेसमा नवजागरण ल्याउन र देशलाई नेतृत्व दिने पार्टीको रुपमा विकास गर्नको लागि भएपनि भागबन्डाको राजनीति तोड्नुपर्ने धारण व्यक्त गरेका छन् । 
 
नेता खड्काले नेपालको नयाँ संविधान कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीचको एकता अपरिहार्य भएको बताए ।
 संविधान जारी गर्दासम्म एक जुट बनेका दल जारी पछिको समयमा एक बन्न नसकेकै कारण देशमा विद्यमान सङ्कट समाधान हुन नसकेको बताउँदै उनले दलहरूबीचको १६ बुँदे सहमतिका आधारमा अहिले पनि अघि बढ्नुपर्नेमा जोड दिए । 

देशको जारी समस्या एवम् मित्रराष्ट्र भारतसँगको चिसिएको सम्बन्धलाई सुदृढ बनाउन पनि नेपालका राजनीतिक दल एक ठाउँमा बस्नु अपरिहार्य भएको नेता खड्काको भनाइ छ । 

वर्तमान सरकारले संविधानमा उल्लिखित २५ जनाको मन्त्रिमण्डल हुने कुरालाई तोडेर ४० पु¥याएको उल्लेख गर्दै उहाँले संविधान कार्यान्वयनका लागि बनेको सरकारले संविधान मिचेर गलत काम गरेको आरोप लगाए । 

]]>