देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुटेराको चक्कु प्रहारबाट दुई घाइते

देशान्तर

रौतहट। लुटेराको समूहले आज बिहान गौर, चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत गढवामा काठमाडाँै बाट घर फर्कंदै गरेका दुई जनालाई चक्कु प्रहार गरेको छ । 

ती दुवै सख्त घाइते भएका छन् । लुटेरा समूहले उनीहरुका साथबाट रु १५ हजार लुटेको छ । 

उनीहरु काठमाडौँबाट चन्द्रनिगाहपुर आएर मोटरसाइकलमार्फत गन्तव्यस्थलतर्फ जाँदै थिए । चक्कु प्रहारबाट धरमपुर गाविस–५ बस्ने मंकर गिरी र भारत विहार घर भएका पंकज जयसवाल घाइते भएका छन् । उनीहरुको शरीरका विभिन्न भागमा लुटेराले जथाभाबी चक्कु प्रहार गरेका थिए । उनीहरुको गौर अस्पतालमा उपचार भइरहेको छ । 

गौर चन्द्रनिगाहपुर सडकखण्ड तथा ग्रामीण भेगका सडकखण्डमा केही सातायता लुटपाटका घटनामा वृद्धि भएपछि जिल्लावासीले चिन्ता व्यक्त गरेका छन् । प्रहरीको ध्यान हाल तराई मधेसमा जारी आन्दोलनमा केन्द्रित रहेका कारण पनि राजमार्ग क्षेत्रमै लुटपाट लगायत आपराधिक गतिविधिमा वृद्धि भएको जिप्रका, रौतहटले जनाएको छ । 

]]>