देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनकपुर चुरोट कारखानाको ३५ करोड ऋण सरकारले तिरिदिने

देशान्तर

काठमाडौं । सरकारले जनकपुर चुरोट कारखानाले तिर्नुपर्ने करिब ३५ करोड ऋण तिरिदिने भएको छ । करिब २० वर्षदेखि जनकपुर चुरोट कारखानाले तिर्न नसकेको नेपाल बैंकको उक्त कर्जा सरकारले तिर्ने भएको हो ।

सरकारले उक्त ऋण भुक्तानी गर्ने सम्बन्धमा नेपाल बैंक र अर्थमन्त्रालयबीच केही दिनअघि सहमति भएको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताव शाहले जानकारी दिए। सहमतिअनुसार सरकारले यही पुस महिनाभित्र उक्त रकम बैंकलाई भुक्तानी गर्ने उनले बताए ।

बैंकले सरकारलाई कुल ब्याजको ८५ प्रतिशत रकम छुट दिने सहमतिसमेत भएको छ । आर्थिक बर्ष ०५२/५३  मा जनकपुर चुरोट कारखानाले नेपाल बैँकबाट २९ करोड रुपैयाँ कर्जा लिएको थियो । कारखानाको परिसरमा रहेको जग्गा र मेसिनरी धितोमा उक्त कर्जा लिइएको थियो ।  नयाँ पत्रिका दैनिकमा समाचार छ । 

]]>