पथरी। पूर्वाञ्चलको विराटनगरको रानी भन्सार नाकाबाट अघिल्लो वर्षको तुलनामा यो वर्षको मङ्सिर महिनामा इन्धन आयात अवस्था वृद्धी भएको छ ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका अनुसार पेट्रोल अघिल्लो वर्षको मङ्सिरमा दुई हजार १५२ किलोलिटर आएकोमा यो वर्ष मङ्सिरमा तीन हजार ६७२ किलोलिटर आयात भएको छ । त्यस्तै डिजेल गतवर्ष मङ्सिरमा ११ हजार ५९२ किलोलिटर आयत गरिएको थियो भने योवर्ष ११ हजार ६४३ किलोलिटर आयात गरिएको छ ।
पेट्रोल साउनमा दुई हजार ९८४ किलोलिटर, भदौमा एक हजार ६६०, असोजमा एकहजार ६२८, कात्तिकमा दुई हजार ६०० र मङ्सिरमा तीन हजार ६७२ किलोलिटर आयात भएको नेपाल आयत निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख खिलेन्द्र कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै डिजेल साउनमा नौ हजार ९३२ किलोलिटर, भदौमा चार हजार ८४०, असोजमा चार हजार ४७२, कात्तिकमा सात हजार ३६८ र मङ्सिरमा ११ हजार ६४३ किलोलिटर आयात भएको छ । त्यस्तै मट्टितेल गत वर्षको मङ्सिरमा १९२ किलोलिटर आयात गरिएकोमा योवर्ष २०४ किलोलिटर आएको छ ।
क्षेत्रीय प्रमुख कार्कीकाअनुसार आयातित डिजेल, पेट्रोलमध्ये पेट्रोल मङ्सिरमा ८१ प्रतिशत पूर्वाञ्चल बाहिर निर्यात गरिएको छ भने डिजेल ७३ प्रतिशत बाहिरिएको छ । असोज, कात्तिक र मङ्सिरमा पाँच हजार १०० किलोलिटर पेट्रोल र १५ हजार २० किलोलिटर डिजेल पूर्वाञ्चल बाहिर पठाइएको छ ।
यसैबीच सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा पेट्रोलियम पदार्थ बिक्री हँुदा पारदर्शी हुने र सर्वसाधारणले सरल र सहजरुपमा पेट्रोलियम पदार्थ पाउने पूर्वाञ्चल आयल निगमले जनाएको छ ।
]]>
प्रतिक्रिया