देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पशुपति मन्दिरको मूल ढुकुटी नखोल्न आदेश

देशान्तर

काठमाडौं । ठूलो परिमाणमा सम्पत्ति रहेको मानिएको पशुपतिनाथ मन्दिरको मूल ढुकुटी नखोल्न सर्वोच्च अदालतले आदेश दिएको छ । मन्त्रिपरिषदसमेतका सम्बद्ध निकायहरुलाई सर्वोच्चले सो आदेश दिएको हो ।

न्यायाधीशहरु बैद्यनाथ उपाध्याय र ओमप्रकाश मिश्रको संयुक्र इजलाले हिन्दुहरुको पवित्र स्थलका रुपमा रहेको पशुपतिनाथको मन्दिरको मूल ढुकुटी नखोल्न आदेश दिएको सर्वोच्च अदालतका इजलास अधिकृत प्रेमप्रसाद न्यौपानेले जानकारी दिए । 

सर्वोच्च अदालतले हिन्दुहरुको परम्परादेखि चलिआएको प्रथा बिग्रने हुनाले पवित्र स्थानको मूल ढुकुटी नखोल्न यसरी आदेश दिइएको जनाएको छ ।

नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा तत्कालीन मन्त्रिपरिषदले पशुपतिनाथ मन्दिरको मूल ढुकुटी खोली त्यहाँ रहेको सम्पत्ति के कति छ भन्नेबारेमा यकिन गर्ने निर्णय गरेको थियो । नेपाल समाचार पत्र दैनिकमा समाचार छ । 

]]>