देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिनानिष्कर्ष सकियो त्रिपक्षीय वार्ता

देशान्तर

काठमाडौं ।  मुख्य तीन दल र आन्दोलनरत मधेसी मोर्चाको वार्ता मुख्य विषयमा नै प्रवेश नगरी बुधवार रोकिनेगरी सकिएको छ । 

सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र तराई मधेसमा आन्दोलनरत मोर्चाबीच बालुवाटारमा भएको त्रिपक्षीय वार्ता राजनीतिक मुद्दामा प्रवेश नै नगरी स्थगित भएको हो ।

वार्ताको वातावरण अझै नबनेको भन्दै वातावरण बनाउन पहल गर्ने गरी फेरि बुधवार बस्नेगरी टुङ्गीएको सहभागी नेताहरुले जानकारी दिएका छन् । 

 आजको वार्तामा प्रतिपक्षी दल नेपाली कांग्रेसका शुसिल कोइराला, शेरबहादुर देउवा लगायत शिर्ष नेता तथा आन्दोलनरत मोर्चाको तर्फबाट तमपोलाका महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अशोक राई र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मलाल कर्ण सहभागी थिए ।  

वार्तामा सरकार लचिलो भएर प्रस्तु हुने र सकभर सहमति हुने भनेर विश्वा गरिएपनि वार्ता राजनीतिक विषयमा नै प्रवेश नगरी रोकिएको मोर्चाका नेताहरुले वार्ताबाट बाहिरिनिनेक्रममा बताएका छन् । उनीहरुका अनुसार सरकार र दलहरुले साझा धारणा बनाएर ठोस छलफल हुने आश्वासन दिएपनि त्यस्तो वातावरण नबनाएको र समस्याप्रति गम्भिर नभएको आरो लगाएका छन् । 

]]>