वसन्त लोहनी

पुतलीसँग खेल्दाखेल्दै सात वर्षमा बिहे भएकी 
घरको वरिपरिको नेट नकाटेकी निरक्षर भट्टाचार्य
चपल योवनमा खसम गुमाएकी
जीवनको एउटै उमिद काखको छोरा
ढिकीजाँतो गरेर छोरामा नै समाहित भइन्
एकलव्यसरह भएर हुर्काइन् 
अहिले बुढी भएकी
खसमले घर उनको नाममा राखिदिएका 
मूल्य नभएको घर तर चर्चेको अलिकति जमिन 
अहिले चिट्टा परेसरह अमूल्य भएको 

ad

लेखपढ गरेर छोरा घरजम गरेर बसेको 
विवाह गरी छोराछोरीसमेत भएको 
अमेरिकी सपना पछ्याउन मुलुक छोड्ने धुनमा लीन 
उसलाई चिट्टा प¥यो त्यहाँ जान बस्न पाउने गरी 
आमालाई भन्यो – 
आमा ! अब हाम्रो दुःखको दिन गयो
अब जाने अमेरिका सुखी भएर बस्न
कुराले फुस्लायो बुढी आमालाई घर बेच्नलाई 
अक्षर चिन्नु÷नचिन्नुसँग नबाँधिएको माया, असीम माया
छोराबाहेक केही नदेख्ने उनको आँखा 
छोराले औँला देखाएको कागजमा ल्याप्चे लगाइन् 
अनि अमेरिका जाने खुसियाली 
त्यो खुसियाली बोकेर एयरपोर्ट पुगे सबै

भित्र टिकट मिलाएर आउँछ भने छोराले
आमालाई बाहिर बेन्चमा राखेर
छोरा, बुहारी, नातिनातिना भित्र छिरेपछि
एक टक लगाएर आमाले त्यो ढोकालाई हेरिरहिन्
घन्टौँ बित्यो, सूर्य अस्ताए, रात प¥यो 
तर छोरा आएनन्
उनी अझै पर्खिरहिन् छोरा आउँछ भनेर 

मूर्तिसरह बसेकी ती बुढीलाई सोधे त्यहाँका मान्छेले 
उनले रेफमात्रा नबिराएर सबै कुरा बताइन्
छोरा र बुहारीको नाम बताइन् 
कर्मचारीले बुझ्दा थाहा भयो– 
छोरा त परिवारसहित दिउँसै रात पारेर उडिसकेका
यो कुरा सुनेर उनी केहीबेर मुर्छातुल्य मूर्ति भइन्
त्यसपछि फुटेर रुन थालिन् 
भेल आएको जस्तो आँसु उर्लेको 
अन्ततः कर्मचारीले उनलाई वृद्धाश्रम पु¥याए 

अर्को पाटो–
लगाएको पुरानो कपडा, गोजीमा सुका मोहर
चप्पल लगाएर झरेकाहरू 
अहिले करोडौँ पति, अझ नेतृत्वमा बसेका त अरबपति 
भन्छन्– जलेको घरमा एक–दुई करोड हुनु त मामुली कुरा
अर्काथरी सार्वजनिक प्रश्न गर्दा प्रति प्रश्न गर्छन्– 
हिजोको चप्पल पड्काएर झरेको, 
सुका–मोहरको गोजीको कुरा गर्ने हो आज ? 
अहिले त मेरी आमाले नै ४ हजार वृद्धभत्ता पाउँछिन् ।  

वृद्धाश्रममा बस्ने बुढी आमाका छोरा 
ती असिनापसिना भएका छन् या डिपोर्ट भए
यो कुरो थाहा भएन 
थाहा भएको कुराचाहिँ लडीबुडी गर्दै छिरेका 
राजनीतिमा उफ्रिने ती बुंगाबु)गीहरू भने
अहिले मालामाल भएका छन् 
दुवैका आमाहरू वृद्धाश्रममा छन् 
हो, वृद्ध भत्ता पाइरहेका ।