
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसभित्रको फोहोर सफा बनाउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको कार्यक्रममा सभापति थापाले पार्टी छोडेर जान्छु भन्नेलाई फकाउन नलाग्न समेत आग्रह गरेका छन् । सभापति थापाले भने–पार्टीका साथीहरू छोडेर जान्छौं, वडाध्यक्ष, पालिका अध्यक्ष पाउँछौं, अब सकियो भन्ने हो भने उनीहरूलाई जान दिनुस्, धेरै चिन्ता नगर्नुस्।
सभापति थापाले उम्मेदवारका लागि क्रियाशील सदस्यता अद्यावधिक सबैभन्दा ठूलो आधार रहेको पनि स्पष्ट पारे । सभापतिको आचरणले सबै बर्बाद भयो भन्ने अवस्था आउन नदिने उनको प्रतिवद्धता थियो ।
उनले सत्ताभन्दा पनि जनताको माझमा पार्टी पुर्याउनुपर्ने भन्दै उच्च आत्मविश्वासका साथ काम गर्न नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरे ।










Facebook Comments