–प्रकाशचन्द्र खतिवडा

सूर्योदयअगावै
तुहिएर गयो
भावुक सुन्दर कविता
कवि टोलाइरह्यो
भावुक मन
मनहरूकै बगरमा
मन
जलेर गयो ।

ad

पानाहरू पल्टनु अगावै
च्यातिएर गयो
सुकोमल भनिएको हावा
विषाक्त बनेर आयो
यात्रा सहज हुनै सकेन
ठेस लाएर गयो ।

दर्जन भोका पेटहरू
दर्जन नाङ्गा आङहरू
रामभरोस
रामकै राज्यमा
अनिकाल बनेर गयो ।

फुल्नुअगावै
बगैँचाको सुन्दर फूल
ओइलाएर गयो
नरम भनिएको भुवा
काँडा बनेर आयो
सदावहार बन्नै सकेन जीवन
माली हराएर गयो ।

निर्वतमान कवि
छट्पटाएर रोयो
तप्प आँसु !
भावुक सुन्दर कविता
पोतिएर गयो ।

सुन्दरहरंैचा–०६, दुलारी, मोरङ