
काठमाडौं । नेपाली कांग्रेसको वाग्मती भेला आजबाट काभ्रेको धुलिखेलमा सुरु भएको छ । कांग्रेसको नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा आयोजना गरेको प्रदेशस्तरीय भेलाअन्तर्गत वाग्मतीमा आज सुरु भएको हो ।
भेलालाई कांग्रेस सभापति गगनकुमार थापाले उद्घाटन गरेका छन् । भेलालाई सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
भेलामा पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापतिहरू, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, प्रतिनिधिसभामा चुनाव उठेका प्रत्याशीहरु लगायतको सहभागिता छ ।










Facebook Comments