
बिनोद सिजापती
दुई दशक पूर्व जब देशमा सर्वसत्ता बादी राजा ज्ञानेन्द्रको निरङ्कुश शासनको जग जागी थियो। अर्को तर्फ माओवादीले फैलाएको हत्या, हिंसा तथा आतङ्कको चुलिँदै थियो। नेपाली काँग्रेस ९नेका० विभाजित थियो। राजाको निर्देशनमा संसद् विघटन गरेर “असक्षम” घोषित भएर निष्कासनमा परेका प्रधानमन्त्री शेरबहादुर देउवा प्रजातान्त्रिक काँग्रेसका अध्यक्ष पदमा आसीन थिए। अधिनायकवादी शासक राजा ज्ञानेन्द्र को आदेशमा संविधान निलम्बन तथा दल विभाजन गरेका उनी तेस्रो पटक राजाको निगाहमा प्रधानमन्त्री पद प्राप्त गर्ने तरखरमा लागेका थिए। देशवासी प्रजातन्त्रको पुनस्र्थापना तथा शान्तिको प्रतीक्षामा कल्पी रहेका थिए। उक्त अवस्थामा मैले गगन थापासँग परिचित हुने अवसर पाएको हो।
अमेरिका को सुप्रसिद्ध कोर्नेल विश्वविद्यालयको आमन्त्रणामा विद्यार्थी नेता गगनकुमार थापा त्यहाँ अतिथि थिए । उक्त दिन तिनले अमेरिकी, अन्तर राष्ट्रिय तथा नेपाली विद्यार्थी एवं अमेरिकन प्रागिक समूहलाई सम्बोधन गर्ने कार्यक्रम थियो। उक्त कार्यक्रममा अमेरिकन, अन्तर राष्ट्रिय विद्यार्थी तथा नेपालीको उपस्थिति निक्कै ठुलो थियो। गगनले सम्बोधन गर्ने क्रममा छोटो तर मिठो अङ्ग्रेजी भाषामा “नेपालीमा बोल्दा सहज हुने भएको हुनाले” नेपाली भाषा मै सम्बोधन गर्ने अनुमति मागे। त्यस पछि तिनलाई परिचय गर्ने प्राध्यापकले नेपालीलाई छरिएर विदेशी श्रोताको सामीप्यमा स्थान ग्रहण गरेर तिनको भाषण अनुवाद गर्न का निमित्त आग्रह गरे ।
मैले विद्यार्थी जीवन कालखण्डमा “प्रजातन्त्र बादी” समूहका अग्रज विद्यार्थी नेता कमल चित्रकार, शङ्कर घिमिरे, दमन ढुङ्गाना, विपिन कोइराला, शिवबहादुर खड्का, रामचन्द्र पौडेल, अर्जुन नरसिंह केसी, शेरबहादुर देउवा, रामशरण महत आदि को भाषण सुनेको हो। त्यसै गरी “प्रगतिशील विद्यार्थी” हिरण्यलाल, गिरि बहादुर केसी तथा सिद्धिलाल सिंह आदिको भाषण पनि सुनेको थिए। भाषण कला तथा क्षमताकै कारणले गर्दा वीरगन्ज बाट आएका देवेन्द्रलाल नेपालीले हामी “प्रजातन्त्रवादी” विद्यार्थी लाई लट्ठ्याएका हुन्। उक्त क्षमता कै कारणले गर्दा तिन लाई त्रिभुवन बिस्व विद्यालय युनियनको प्रजातन्त्रकी विद्यार्थी पक्ष को सभापति तथा नेशनल कलेजका पूर्व विद्यार्थी युनियन सभापति अर्जुननरसिंह केसी महा सचिव पद उम्मेदवार तुल्याइएको थियो। देवेन्द्र नेपाली को प्यानल नै धेरै समय पछि त्रिवि युनियन मा निर्वाचित भएको थियो ।
कोर्नेल बिस्व विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा वक्ता गगन थापाले नेपाली राजाहरू लोकतन्त्र विरोधी भएको हुनाले अब को सङ्घर्ष गणतन्त्र केन्द्रित हुनु आवश्यक भएको व्याख्या गरे। गगन थापाको भाषण सुन्दा आफ्नो विद्यार्थी कालको याद झलझली आयो । तिनको भाषण दमन ढुङ्गानाको जस्तो तर्कशील थियो। कमल चित्रकारले बोले जस्तो श्रोतालाई सम्झाउने बुझाउने क्षमता, भाषा शैली अर्जुननरसिंह केसी को जस्तो बौद्धिक, देवेन्द्र नेपालीको जस्तो प्रभावकारी तथा विपिन कोइरालाको जस्तो पेटको आगो निकाल्ने थियो। अन्य श्रोता जस्तै म तिनको भाषण बाट अत्यन्त प्रभावित भए। देशमा एउटा नेता जन्मिएछ भन्ने सुखद विश्वास मेरो मनमा आयो।
एक दशक पूर्व गफिने क्रममा शेरबहादुर दाइले भन्नु भए अनुसार उहाँका गगन थापाको चर्चा गर्दै दुई प्रमुख डाक्टर सहयोगी मिनेन्द्र रिजाल तथा प्रकाश शरण महतलाई “ छिट्टै तिमि दुई को कुर्सी यो केटोले हल्लाई दिने निश्चित छ । म धेरै सिनियर भए त्यस कारण म सँग यसको प्रतिस्पर्धा हुने प्रश्न नै आउँदैन । तर तिमि दुई चनाखो भएन भने चाहिँ तिमी दुई लाई विस्थापित गरेर यो नेपाली काँग्रेसको नेता हुन्छ।” आजका दिन सम्म आइ पुग्दा गगनले दुई “विद्वान्” नेतालाई धेरै पछि छोडे। तिन ले त शेरबहादुरलाई नै चुनौती दिँदै छन्। भलै नेकाको विधानले पटके प्रधानमन्त्री शेरबहादुरलाई तेस्रो पटक सभापति हुनबाट सभापति हुन वञ्चित
विगत दशक राष्ट्र तथा नेपाली काँग्रेसका निमित्त शुभ हुन पाएन। शेरबहादुर देउवाको एक क्षत्र नेतृत्वमा काँग्रेस दलको उद्देश्य तिनको पटके प्रधानमन्त्री हुने उद्देश्य केन्द्रित रह्यो। उक्त उद्देश्य प्राप्तिका निमित्त नेका नेता कार्यकर्तालाई घोषित राजनैतिक शत्रु ठहर गरेका तथा काँग्रेस सक्काउने अभियानमा लागि परेका एमाले तथा माओवादीसँग सहवासका अभ्यास गरियो । प्रजातन्त्र पुनस्र्थापनाका निमित्त दशकौँ देखि सङ्घर्ष गरेका कांग्रेसजनलाई हँसिया हतौडा दलको पक्षमा प्रचार प्रसार गर्न खटाइयो । माओवादीको हत्या हिंसा को सिकार भएका काँग्रेस जनलाई माओवादी उम्मेदवारलाई मत खसाल्न लगाइयो।
पञ्चायत विरोधी भएको हुनाले “काँग्रेस” राजा विरोधी कहलिए राजा विरोधी भनेको त्यस कालखण्डमा देशद्रोही ठहरिने गर्थे। त्यस कारण उनीहरू अराष्ट्रिय तत्त्व भए । जेल सजाय मात्र नभएर कतिपय गैर न्यायिक हत्या को भागीदार भए। तर पनि तिनले अत्यन्त विपरीत अवस्थामा पनि प्रजातान्त्रिक पद्धतिको पक्षमा वकालत गर्ने कार्यलाई निरन्तरता दिइने राखे। व्यक्तिगत स्वतन्त्रताको वकालत तथा प्रचारमा जुटी रहे । प्रजातान्त्रिक समाजवादमा आस्था राख्ने भएको हुनाले उनीहरू आर्थिक सामाजिक तथा धार्मिक शोषण विरोधी थिए । समानता मा विश्वास गर्ने भएको हुनाले भूमिको समान वितरणको पक्षमा खडा रहे । धर्म तथा जात जाति बिच रहेको विभेदको विरोधी तथा समान अधिकारको पक्षधर थिए। व्यक्ति स्वतन्त्रता तथा समता मूलक समाजको स्थापना का निमित्त सङ्घर्षशील थिए।
आजको दिन सम्म आइपुग्दा बहु साँखिक “काँग्रेस नेता” को चरित्रमा १८० डिग्रीको परिवर्तन आएको छ । सत्ता प्राप्तिले राष्ट्रवासीको हितलाई विस्थापित गरेको छ। अलोकतान्त्रिक शक्ति सँग गठबन्धन गर्न पटक्कै उनीहरू लाज मान्दैनन्। सत्तासीन हुने अवसर देशवासीको नभएर दिल्ली दरबारको आशीर्वाद अपरिहार्य ठान्छन्। त्यहाँको आशीर्वाद प्राप्त गर्न उनीहरू खुलमखुला लैनचौर तथा दिल्ली धाउन लाम लाग्छन्। मन्त्री भारतीय राजदूतसँग सरकार सञ्चालनका निमित्त राय सल्लाह माग्न पुग्छन्।
काँग्रेस जन मध्य केही राजा ज्ञानेन्द्रको गुलामी गर्न अग्रसर भएका छन्। तिनीहरू अपदस्थ भएर मठ मन्दिर धाउने राजाको पुनस्र्थापनाको माग गर्न थालेका छन्। संविधानमा रहेको धर्म निरपेक्षताको विरोधमा केही उत्रेका छन्। राजतन्त्रको पुनस्र्थापना तथा धर्म निरपेक्षताका विषयमा जनमत सङ्ग्रह गर्नु पर्ने तिनको माग छ। राजा बाट विगतमा पटक पटक पाएको धोखाले कुनै महत्त्व राख्दैन । नत तिनलाई राजतन्त्र हाबी हुँदा “रैती दुनियाँ” जीवनी कै स्मरण हुन्छ।
गर्वका साथ जुन कुनै पनि काँग्रेस विगतका “सबै आन्दोलनको नेतृत्व काँग्रेसले गरेको” भनेर छाती पिट्छन् । त्यसै गरी उनीहरू सगर्व नेपालको संविधान २०७२ निर्माण गर्ने कार्य काँग्रेसको नेतृत्वमा भएको हो भन्न पनि चुक्दैनन्। तर, संविधानको स्वामित्व ग्रहण गर्नु भन्दा त्यसको विरोध गर्दा लोक प्रिय होइन्छ भन्ने भुल भुलैमा छन्।
काँग्रेस नेतागण मध्य अधिकांश को व्यक्तिगत चरित्र अत्यन्त सङ्कीर्ण हुन्छ । नयाँ नेतृत्व उदाउन थाल्यो भने उनीहरू त्रसित हुन्छन्। नयाँ नेतृत्व हाबी भयो भने विस्थापित हुने त्रासग्रस्त हुन्छन् । उदयमान नेतृत्वको सके चरित्रहत्या गरी दिने अन्यथा हिलो छ्यापेको टाउको उदाउन नै नदिने गर्छन्। मैले बिरलै यस्तो काँग्रेस नेता भेटेको छु जसले आफ्नो बयान गरेर श्रोतालाई वाक्क दिक्क तुल्याउँदैन । त्यसै गरी बिरलै कुनै काँग्रेस नेता भेट्ने अवसर पाएको छु जसले अर्को नेताले गरेको कार्यको बयान अथवा प्रशंसा नै सुन्न सक्छ ।
देशमा कुनै पनि राजनैतिक दल नेताले आफ्नो उत्तराधिकारी लाई “ग्रुम” गर्ने गरेका छन्। बरु उडाउन थालेका लाई सिद्ध्याउने गरेको उदाहरण थुप्रै भेटिन्छ । यही प्रवृत्ति हाबी भएको हुनाले गर्दा “देश नेता” विहीन अवस्थाबाट गुज्रँदै छ।
काँग्रेस दल भित्र तथा तिनका दल बाहिर रहेको कु संस्कार पीडित हुँदा हुँदै पनि उदाएका अपवाद का नेता हुन गगनकुमार थापा । तिनले जत्ति दल भित्र तथा बाहिरका “शीर्षस्थ नेता” को प्रहार खप्न सायदै अर्को कुनै नेताले परेको छ । प्रतिभाशाली नेता भएको हुनाले उनी राजनैतिक क्षत्रमा भन्दा अत्यन्त धेरै नागरिकका बिच लोकप्रिय छन्।
जेनजी आन्दोलनको राप र ताप ले बहु सांखिक काँग्रेस जनलाई सचेत तुल्याएको छ। तिनलाई राम्रै सँग थाहा छ विगत कै शैलीलाई निरन्तरता दिने हो भने जुन नियति भाद्र २४ गते पार्टी सभापति तथा तिनका धर्मपत्नी एवं उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रिले भोग्नु परेको थियो सो नियति पुन दोहरिने छ। बहु साँखिकले विरोध प्रदर्शन भिडमा भएका आपराधिक “घुस पैठ” ले मच्चेको हिंसा तथा आगजनी को सिकार हुनु पर्ने दिन निम्तने छ।
यथा स्थितिको निरन्तरता ले नेपाली काँग्रेस दल लाई “गौरवमय इतिहास” भएको इतिहास मै सीमित तुल्याउने निश्चित छ। राष्ट्रले भोग्दै गरेको वर्तमान “विषम” राजनैतिक अवस्था आउनमा खड्गप्रसाद, पुष्पकमल दाहाल तथा शेरबहादुरको “ट्वाइका” ले अत्यन्त ठुलो भूमिका खेलेको छ । यदि उनीहरू राजनीतिमा पुनः हाबी हुने हो भने राष्ट्र असफल हुने तथा वर्तमान कालखण्डमा देशले भोगेको नियति दोहरिने पनि निश्चित छ । यी तिन महापुरुषले मच्चाएको “लुटतन्त्र” शासन शैलीले नै देशमा वर्तमान अवस्था आइलागेको हो।
राष्ट्रलाई निहित दिशा उन्मुख तुल्याउन तथा काँग्रेस दलको रक्षा कै पनि काँग्रेस नेतृत्व परिवर्तन अपरिहार्य छ। देशमा आवश्यकता छ एउटा त्यस्तो राजनैतिक नेताको जसले राष्ट्रलाई विद्यमान विषम परिस्थिति बाट निकास दिन सकोस्। जसले देश बासिलाई निहित दिशा अर्थात् समृद्धि पथतर्फ डोराउन सकोस्। बिना कुनै पूर्वाग्रह धरातलमा देखा परेका राजनीतिक पात्र तथा तिनले प्रदर्शन गरेका चारित्रिक प्रवृत्ति, क्षमता, दक्षता तथा निष्ठा आदिलाई आत्मासाथ गर्ने हो भने अन्यको दाँजोमा गगन थापाको स्थान उच्च रहेको पाइन्छ ।
नेपाली काँग्रेस तथा राष्ट्रको बृहत् हितका निमित्त नेपाली काँग्रेस दलले गगन थापालाई विस्थापित गर्ने षड्यन्त्र तर्फ लाग्नु भन्दा तिनलाई प्रोत्साहन गर्नु को अर्को विकल्प देखी दैन ।
माथि उल्लेख गरिएको वास्तविकतालाई आत्मा साथ गर्ने हो भने राष्ट्रवादी तथा दलकै दिगो हितलाई मध्यनजर गर्दै काग्रेसजन ले निर्वाचन “पश्चात् महाधिवेशन” अथवा निर्वाचन पूर्व “विशेष महाअधिवेशन” जस्तो विषयको विवादमा रुमलिनु समय को मागलाई अन देखा गर्नु हो। काँग्रेस दल व्यक्ति स्वार्थहित रक्षाका निमित्त गठन भएको थिएन र आज पनि छैन । निर्वाचन पश्चात् महाअधिवेशन गर्ने प्रस्ताव केवल व्यक्ति स्वार्थहित रक्षाका निमित्त रचिएकोको षड्यन्त्र हो। विशेष माहाधिबेसन ले गगन थापालाई दलको नेतृत्व गर्ने अवसर देवस। यस कार्यले नेतृत्व विहीन अवस्था बाट गुज्रँदै गरेको राष्ट्रले क्षमता तथा दक्षता भएको भरोसा योग्य नेता पाउने छ।










Facebook Comments