
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि आज हुने भनिएको निर्वाचन स्थगित भएको छ।
संसदीय दल नेता निर्वाचनका लागि आज अपरान्ह ३ बजेदेखि मनोनयन दर्ताको कार्यतालिका प्रकाशन गरिएको थियो। तर केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन प्रक्रिया स्थगन गर्न आग्रह गरेपछि ‘हाललाई संसदीय दल नेता निर्वाचन प्रक्रिया स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।
दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सात सदस्यीय समिति बनाइएको छ। समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदिप पौडेल, गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश स्नेही, सदस्य मुना भुसाल र अर्का सदस्य राजु कटुवाल छन्।










Facebook Comments