ज्याँ पाल सात्र्र, आधुनिक अस्तित्ववादका प्रवत्र्तक मानिन्छन् । उनको बिइङ एन्ड नाथिङनेस अस्तित्ववादीको दर्शनको प्रमाणिक पुस्तक मानिन्छ । अस्तित्ववादको सूत्र वाक्य ‘एक्जिस्टेन्स प्रेसिड्स एसेन्स’को विशद व्याख्या सात्र्रका उपन्यास र दर्शनका पुस्तकहरूमा पाइन्छ । सम्भवतः आधुनिक अस्तित्ववादलाई सबभन्दा बढी सात्र्रले नै व्याख्या गरे । उनको उपन्यास त्रयी ‘रोड्स टु फ्रिडम’ तीन स्वतन्त्र खण्डमा छ । रोक्बोटिभ भन्ने पात्रको डायरीका रूपमा आएको उनको पहिलो औपन्यासिक कृतिमै उनले आफ्नो दर्शनलाई स्पष्ट पारेका छन् । 

उपन्यासहरूबाहेक, चिन्तन कृति अनि उनका नाटकहरू पनि विश्वमा प्रख्यात छन् । पछि उनीले आफ्नो दर्शनलाई वामपन्थी धारामा पनि लागेको पाइन्छ । उनका त्यस अवधिका भाषणहरू पनि प्रभावशाली मानिन्छन् । 

ad

यी सबै हुँदाहुँदै पनि आफ्नो संस्मरण वा आत्मकथाको पुस्तक लेख्नमा उनको रुचि कम भएको हो कि, नभ्याएको हो थाहा छैन ।

तै पनि उनको एउटा पुस्तक छ संस्मरणको जसको शीर्षक हो वर्डस् । यो पनि एक विख्यात पुस्तक हो । 

वर्डस्मा उनको आफ्ना पुर्खा, आफ्नो जन्म बाल्यकाल, उनका मातापिताको सम्बन्ध आदिबारे मार्मिक किसिमले लेखेका छन् । त्यही विश्वविख्यात पुस्तक वर्डस्को थालनीको एक अंश स्वतन्त्र प्रस्तुतिका रूपमा यहाँ दिइन्छ । 

लगभग सन् १८५० मा अलसास र फ्रान्सको एक ठाउँको एक स्कुल मास्टर सन्तानको जिम्मेवारीको भारीमुनि थिचिएर यसरी बन्न तयार भयो । तर उसले आफ्नो पद त्याग गर्नका लागि एउटा माग पनि ग¥यो । उसले सोच्यो, उसको एउटा छोरीले मनुष्यात्मको मार्गदर्शक बन्नुपर्दछ । परिवारमा एउटा पादरी हुनु आवश्यक ठानियो । फलतः यो अभिभारा चाल्र्समाथि आइप¥यो । तर चाल्र्स घरबाट भागिदियो । घरमा उसको नाउँसमेत लिन बन्देज लाग्यो । 

अब को त ? अगष्टले तत्काल आफ्नो पैतृक त्यागको अनुसरण ग¥यो, ऊ कारोबार समाल्न थाल्यो र आफ्नो बेपारमा वृद्धि ग¥यो । 

अब बाँकी थियो लुई । पिताले तत्काल यस शान्त स्वभावको केटालाई पादरी बनाइदिए । लुईले आफ्नो समयमा पादरी बन्दै आज्ञाकारी बनेर एउटा पादरी छोरो जन्मायो । अलवर्ट इश्वाइत्जर । अबलर्ट श्वाइत्जरलाई सब चिन्दछन् । अर्कातिर चाल्र्स आफ्नो हौदा नहालेको घोडचढीलाई समाउन सफल भएन । त्यसकारण आफ्नो पिताको धार्मिक भावनाको प्रभावसँग बाँधिरह्यो । अन्य काममा सफल नभएपछि । त्यही भावनाका कारण उसमा अलौकिकताप्रतिको शोख रहिरह्यो ।

उसले आफ्नो सम्पूर्ण शक्ति ससाना कुरालाई बढाई चढाई गरेर विशेष बनाउनमा लगाउन थाल्यो । उसको इच्छा, पहिले भनेझैँ उसको इच्छा पारिवारिक व्यवसायदेखि जोग्गिने पटक्कै थिएन । ऊ त यस्तो आध्यात्मिक पादरीपना चाहन्थ्यो, जसले उसको बिना हौदाको घोडा चढ्ने शोखमा बाधा नपरोस् । उसलाई आफ्नो समस्याको समाधान प्राध्यापनमा भेटियो । चाल्र्सले जर्मन भाषा पढाउने निर्णय ग¥यो । 

उसले पहिले एक १६औँ शताब्दीका साहित्यकार हन्स शाख्सबारे शोध उपाधि लियो । त्यसपछि जर्मन भाषा पढाउने एक पद्धति बनायो । त्यसपछि आफूलाई आविष्कारक घोषित गरिदियो । सीमोनो नामक व्यक्तिसँग मिलेर एक जर्मन रिडर प्रकाशित ग¥यो, जुन प्रसिद्ध पनि भयो । 

चाल्र्स बडो छिटो आफ्नो काममा अगि बढ्यो । फ्रान्सका सहरहरू माको र लियो, पेरिसमा एक पुरस्कार समारोहमा उसले एक भाषण दियो । जसलाई प्रेस जगत्मा विशेष प्रसिद्धि प्राप्त भयो । 

उसले बोल्यो, ‘सम्माननीय मन्त्री महोदय, महिला तथा सज्जनवृन्द तथा मेरा प्यारा केटाकेटीहरू, तपाईंहरू अनुमान समेत गर्न सक्नुहुन्न, आज म तपाईंहरूसित कुन विषयमा कुरा गर्न चाहन्छु । संगीतका बारेमा । 

ऊ समयअनुसार तुकबन्दी आदि गर्नमा पोख्त थियो । परिवारका सदस्यहरू भेट्दा उसको यो भन्ने बानी थियो, ‘लुई सबभन्दा धर्मपरायण छ, औगस्त सबभन्दा धनी छ र म सबभन्दा बुद्धिमान छु ।’

यो सुनेर सबै दाइभाइ हाँस्ने गर्दथे र तिनका श्रीमतीहरू ओठ टोक्थे । मार्कोमा चाल्र्स अर्थात् चाल्र्स इवाइत्जरले एक एक इसाईकी छोरी लुइज गिच्यमेसित विवाह ग¥यो । उसलाई आफ्नो हनिमुन यात्रामा जान मन पर्दैन थियो । उसले हनिमुनमा जाँदा खाँदाखाँदै उचालेर ल्याएर ट्रेनमा झारिदिएको थियो । 

सत्तरी वर्षको उमेर हुँदा पनि लुइज यो भन्न चुक्दिन थिइ कि, उहाँले एक स्टेशनमा मलाई गार्लिक (हरियो प्याज)को सलादमा प्याज प्याज खाएर पातपात मलाई छाडिदिनुभएको थियो, खान भनेर । 

अल्सासमा तिनीहरूले पन्द्र दिन बिताए । खाने बेलामा दुई भाइ एकअर्कालाई आफ्नो बोलीमा मल विज्ञानका कथा सुनाइरहन्थे । कहिलेकाहीँ पादरी इसाई धर्मबाट प्रेरित भएर लुइजतर्फ फर्केर कुराकानीको अर्थ बुझाइदिन्थ्यो । लुइजले भाँतीभाँतीकका गुनासा गर्दै शीघ्र नै आफूलाई दाम्पत्य जीवनबाट मुक्त भई । अलग्ग कोठा लिएर सुत्न थाली । उसलाई आधा टाउको दुख्ने हुनथाल्यो । अलग्ग चुपचाप पल्टिरहने बानी भयो । 

उसलाई हरेक किसिमका होहल्ला चित्कार पुकार यी श्वाइत्जरहरूका नाटकीय र अशिष्ट जीवनसित वाक्क लाग्यो । यो चञ्चल र तीक्ष्ण तर चिसी स्त्री सोच्नलाई मिलाएर सोच्दथिई तर सधैँ अर्काको कुभलो सोच्थी । उसको पति अर्काको भलो चाहन्थ्यो, तर ढंगले कहिल्यै सोचेन किनभने चाल्र्स झुठो बोल्दथ्यो र सोझो थियो । लुइज उसको हरेक कुरामा शंका गर्दथिई । ऊ भन्थी ‘यिनीहरू भन्छन्, पृथ्वी घुम्दछ । के जान्दछन् । यी यसबारेमा ?’

हरेक समय नैतिक ढोंग गर्नेहरूबीच घेरिएर नाटक र सद्गुण उसलाई दुवैसित घृणा भयो । 

ऊ सूक्ष्म यथार्थवादी रुढ विश्वास गर्नेहरूका बीच फँसेर भोल्टेयर नपढेरै भोल्टेयरवादी बनी । ऊ संशयवादी भई । कोमल र लचिलो, सनकी र उत्साही ऊ निषेधात्मक तर्कको एक अपार शक्ति बनी । ऊ आफ्नो सन्तोषका लागि ऊ कसैलाई खबर समेत नदिई थोरै आँखीभौँ तन्काएर वा मुस्कानको एक हो कि होइन जस्तो संकेतका भरमा ठुल्ठूला विचारधारालाई छिनभरिमै चकनाचुर गरिदिन सक्थी । उसको नकारात्मक घमण्ड र निषेधात्मक मोहले उसलाई निलिसकेको थियो । 

ऊ कहिल्यै कोहीतिर हेर्दिन थिई, किनभने, प्रथम स्थान आफैँले माग्नु ऊ आफ्नो बेइज्जती ठान्दथिई र दोस्रो स्थान स्वीकार गर्नु आफ्नो हैसियतभन्दा कम ठान्दथिई । ऊ भन्थी ‘आफूलाई स्पृहगीय बनाइराख्नु पर्दछ ।’

पहिले मानिस उसलाई धेरै रुचाउँथे पछि अलि कम अनि क्रमशः, जब उसले भेटघाट गर्नै छाडिदिई त मानिसले उसलाई चटक्कै बिर्से । 

त्यसपछि ऊ आफ्नो आराम कुर्सी वा पलङ बिरलै छोड्न थाली । 

बाँकी अंश पछि