काठमाडौं । फलामे पोलमा ३० प्रतिशत भ्यालु एडिसन व्यवहारिक रुपमा संरचनागत वा आर्थिक हिसाबले सम्भव नभएको सम्बन्धित उद्योगीहरुले बताएका छन् । सरकारले उद्योगको संरचना, लागत र संरचनालाई ध्यानमा राखेर व्यवहारिक भ्यालु एडिसन दर तोक्न जरुरी भएको उनीहरुको भनाई छ । 


डोमेस्टिक प्रिफ्रेन्स नीति अनुसार केही वस्तुहरूमा न्यूनतम ३० प्रतिशत भ्यालु एडिसन  हुनुपर्ने व्यवस्था रहेको भए पनि  फलामे पोलको हकमा यस्तो प्रतिशत कायम राख्नु व्यवहारिक रूपमा सम्भव नभएको बताइएको छ । फलामे पोल उद्योगको उत्पादन संरचनालाई हेर्दा ३० प्रतिशत भ्यालु एडिसन कठिन पर्ने उद्योगीहरुको भनाई छ ।  फलामे पोल निर्माणका लागि प्रयोग हुने कच्चा फलाम तथा इस्पात प्रायः पूर्ण रूपमा आयात गर्नुपर्ने हुन्छ, जसको लागत कुल मूल्यको ठूलो भाग ओगट्ने गर्दछ।

ad

फलामे पोल उत्पादन प्रक्रियामा काट्ने, ड्रिल गर्ने, वेल्डिङ, र पेन्टिङ जस्ता सीमित कार्य मात्र हुने हुँदा त्यसबाट हुने भ्यालु एडिसन प्रतिशत सानो मात्र रहन्छ।

पोलको मापदण्ड तथा गुणस्तर कायम राख्न विश्व बजारमा उपलब्ध रेडीमेड स्टील सेक्षन वा ट्यूब प्रयोग गर्नुपर्ने भएकाले, स्थानीय रूपमा ठूलो मूल्यवृद्धि गर्न नसकिने समेत सम्बन्धित उद्योगीहरु बताउँछन् । 

 उपलब्ध औद्योगिक तथ्यांक र व्यावहारिक अध्ययनअनुसार यस्तो उत्पादनमा करिब १०–१५ प्रतिशतसम्मको भ्यालु एडिसन मात्र सम्भव हुने सम्बन्धित उद्योगीहरुको भनाई छ ।