
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन्। उनलाई ‘बीमा ऐन, २०७९’ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार ४६ वर्षीय श्रेष्ठलाई मंगलबार काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ बाट पक्राउ गरिएको हो।
नेपाल बीमा प्राधिकरणको पत्रका आधारमा अनुसन्धान अघि बढाइएको र सोही आधारमा अदालतबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
पक्राउ परेका श्रेष्ठमाथि हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










Facebook Comments