देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रविधि र जीवन



‘क्रायोजेनिक फ्रिजिङ’ भन्नाले कुनै पनि वस्तुलाई लगेर फ्रिजिङ गर्नु हो । यसमा तरल अवस्थाको नाइट्रोजन पनि उपयोग गरिन्छ । यो साधारणतया फ्रिजिङ गरिने प्रविधिभन्दा फरक छ । यसबाट बायोलोजिकल स्याम्पलहरू जस्तैः सेल, टिस्यु वा अर्गानहरूलाई लामो समयसम्म जस्ताको तस्तै स्वरूपमा जोगाएर राख्न सकिन्छ । यो प्रविधिको अनुसन्धान मानिसको शरीरलाई फ्रिजिङ गरेर राख्ने र भविष्यमा यसरी जोगाएर राखेको शरीरमा पुनः जीवन भर्न सकिन्छ कि भन्ने आशाका साथ जारी छ ।

त्यस्तै अर्काे प्रविधि छ, जुन अति सूक्ष्म तहमा उपकरणले काम गर्न सक्ने गरी डिजाइन गरिएको छ । यसमा रोबोटिक्सको प्रविधि ए.आई.मार्फत सञ्चालनमा ल्याएर मानिसको शरीरभित्र पठाएर चाहेअनुसारको काम गराइन्छ । यस्तो प्रविधिलाई नानो बायो टेक्नोलोजी भनिन्छ । नानो बायो टेक्नोलोजी प्रविधि पनि मानव शरीरलाई अमर बनाउन सकिन्छ कि भनेर गरिरहेको अर्को अनुसन्धान हो । रे कुर्जवेलले भविष्यमा जैविक अमरता दिलाउन सकिन्छ भनेर नानो टेक्नोलोजी जेनेटिक्स र रोबोटिक्सको उपयोग गरेर मानिसलाई अमर गराउन ल्याएका अवधारणा हो । यसमा नानोबोट्स (अन्यन्तै सानो रोबट – रक्त कोसिकाभन्दा लगभग १० गुणा सानो रोबर्ट)लाई शरीरभित्र पठाएर उपचार गर्न सकिने प्रविधि हुन सक्छ । यस प्रविधिको मेसिनबाट शरीरभित्र रहेर शरीरलाई बुढ्यौली हुनबाट रोक्न सक्ने औषधिको सिफारिस गरिन्छ । शरीरलाई आवश्यक औषधि दिन कम्युटर इन्टरफेसमार्फत उपकरण मानव शरीरमा जडान गरिन्छ । कुन तत्वका कारण बुढ्यौली हुन्छ भन्ने पत्ता लगाएर ती ती तत्वहरूको ताजगी जोगाउन आवश्यक खानपान वा प्रत्यक्ष औषधि वा केमिकल पठाएर यथास्थितिमा वर्षाैंवर्ष राख्न सफल हुने सिद्धान्त हो, उपचार विधि हो । यसो हुँदा मानिसमा बुढ्यौली नै आउन नदिनेसम्म गराउने यो प्रविधिमा अनुसन्धान गरिरहेका वैज्ञानिकहरूको दाबी छ ।

यसरी आलेखको पहिलो खण्डमा भूनिर भनिएको क्राइनोजेनेटिक ट्रिगिङ गरेर भविष्यमा अमर बनाउन प्रविधि खोज्नुभन्दा पनि नानो रोवर्टिक प्रविधिबाट नै मानिसलाई बुढ्यौलीतिर जान रोकेर अमर गर्न सक्ने अवधारणा ल्याएका हुन् रे कुर्जनिलले । उनका अनुसार अहिले गरिरहेको प्रविधि विकासको चरणमा केही अवरोध नआएमा सन् २०३० सम्म यो प्रविधि न्यानो रोबर्टमार्फत काम गर्ने नानो बायोटेक्नोलोजी विकास गर्न सकिनेछ ।

यस्तो प्रविधि विकासमा सफलता हुन सक्ने आधार अहिले चीनमा विकास गरिएको ए.आई. अस्पतालले देखाएको छ । चिनियाँ अस्पतालमा कसरी यसप्रकारका रोबोटिक संरचनामा ए.आई. डाक्टरले उपचार गर्न सक्छन् भन्ने आधारमा काम सुरु गरिसकेका छन् भन्ने कुरा हालसालै ग्लेबल टाइम्समा दिइएको एक अन्तवार्तामा शोधकर्ताले प्रस्तुत गरेका छन् ।
सिन्ह्वा युनिभर्सिटी चाइनाको बेइजिङ सहरमा रहेको विश्वविद्यालय हो । यसमा विज्ञान, इन्जिनियरिङ, कानुन, मानविकि, चिकित्सा विज्ञान, साहित्य, इतिहास, अर्थशास्त्र, व्यवस्थापन, शिक्षाजस्ता संकायमा अध्यापन गराइन्छ । यो विश्वविद्यालय स्वास्थ्य क्षेत्रको विकासमा ए.आई. प्रविधि उपयोग गर्ने विश्वकै पहिलो भच्र्युअल अस्पताल बनिसकेको छ । यस अस्पतालमा देखिएको ए.आई. प्रविधि उपयोगले गुगलका पूर्वइन्जिनियर रे कुर्ज वेलको आशा पूरा हुन सक्ने आधार विकास हुँदै गएको देखिन्छ ।