काठमाडौं–यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने ‘नाडा अटो शो २०२५’मा प्रदर्शन गरिने उड्ने कार दिपल ई–भोल्ट फ्लाइङ कार र अत्याधुनिक युनिट्री रोबोट्स शनिबार बेलुका काठमाडौं आइपुगेको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले फ्लाइङ कार र युनिट्री रोबोट्स सुरक्षित रूपमा काठमाडौं आइपुगेका जानकारी दिएको छ। यस ऐतिहासिक क्षणलाई नाडा अटो शो २०२५ मार्फत दर्शकहरूले प्रत्यक्ष अनुभव गर्ने नाडाले जनाएको छ ।

ad

उक्त कार चीनबाट गाडीमा ल्याइएको थियो । कोदारी राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको इकुमा पहिरोले सडक अवरुद्ध भएपछि करिब १५० मिटर भरिया लगाएर बोकाइएको थियो भने तातोपानी भन्सारबाट फेरि गाडीमै काठमाडौं ल्याइएको हो ।
उड्ने कार सवारी मेलामा प्रदर्शनी प्रयोजनका लागि मात्रै धरौटीमा ल्याइएको हो।

प्रदर्शनीमा राखेपछि फेरि फिर्ता लैजानुपर्ने बताइएको छ । चांगानले विकास गरेको इलेक्ट्रीक ‘भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ’ फिचर रहेको ई–भोल्ट फ्लाइङ कार ’लो अल्टिच्युड फ्लाइट म्यानेजमेन्ट टेक्नलोजी’ प्रयोग भएको कार हो ।