काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले समाजमा शान्ति, सद्भाव र एकता कायमका आवश्यक सहयोग र साथ दिन निर्देशन दिएका छन् ।

आज मधेश र कोशी प्रदेशका स्थानीय तहका प्रतिनिधिसँग जुम बैठकमार्फत छलफल गर्दै सभापति थापाले  सामाजिक सद्भाव खलबलिएका बेला सचेत भएर विकेवपूर्ण ढंगले परिस्थितिलाई शान्त पार्नुपर्ने बताए ।

ad

उनले भने–कांग्रेस मूल शक्ति हो । अभिभावक र जिम्मेवार शक्ति हो । कसले के भन्छ भन्नेतिर नलागौँ । आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो । कांग्रेस जिम्मेवार दल भएकाले सम्हाल्ने दायित्व हाम्रो पनि हो ।