काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल सुरू गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी छ । 


छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो,  प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, जयकान्त राउत लगायतका नेताहरू सहभागी छन्।

ad