काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारबाट हुने सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। सम्बोधन आजै सार्वजनिक गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ।

ad

सुनसरीमा हालै विकसित घटनाक्रमपछि उत्पन्न परिस्थितिलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। सम्बोधनमार्फत उनले पछिल्लो घटनाबारे सरकारको धारणा, आगामी कदम तथा नागरिकलाई सन्देश दिने अपेक्षा गरिएको छ।

यद्यपि, सम्बोधनमा समेटिने विषयवस्तुबारे प्रधानमन्त्री कार्यालयले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन।