
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीचको सम्बन्ध चिसिएको चर्चा चलिरहेकै अवस्थामा अर्थमन्त्री डा. वाग्लेले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा धेरै जना सल्लाहकार रहेकोमा व्यङ्ग्य गरेका छन् । उनले आफूले एक जना मात्रै सल्लाहकार राखेको समेत बताएका छन्।
अर्थ मन्त्रालयमा सोमबार भएको वार्षिक राजश्व समीक्षा बैठकमा उनले प्रधानमन्त्री कार्यालयमा २७ जना सल्लाहकार, ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको सन्दर्भ उल्लेख गर्दै आफुले १ जना मात्रै अवैतनिक सल्लाहकार राखेको बताए ।
उनले भने– राजश्वको विषयलाई मैले कति महत्त्व दिएको छु भन्ने कुरा यहाँहरुले बुझ्नुहोला।









Facebook Comments