काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टीभित्र सभापति शेरबहादुर देउवा समूहले आयोजना गरेको कार्यक्रममा सहभागी हुने भएका छन्। वीपी स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने भएका हुन्।

देउवा समूहले बुधबार दिउँसो १ बजे नेपाल प्रज्ञा–प्रतिष्ठानमा ‘संवाद, सहमति र एकता– आजको आवश्यकता’ विषयक स्मृति सभा आयोजना गरेको छ। कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहने तयारी गरिएको छ।

ad

डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पनि कोइराला कार्यक्रममा सहभागी हुने पुष्टि गरेका छन्। 

देउवा समूहले पछिल्लो समय आफ्नो माग पूरा नभए नयाँ पार्टी गठन गर्ने चेतावनी दिइरहेको छ । सोही तयारीका लागि आयोजना गरिएको कार्यक्रममा डा.शेखर जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

देउवा समूहले पार्टी बनाइहालेमा आफूलाई सभापति बनाउने आसले डा. शेखर कार्यक्रममा सहभागी हुन लागेको विश्लेषण भइरहेको छ ।