काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्।

बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउदलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन् । 

ad

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटलाई लिएर केही दिनदेखि कांग्रेस र एमालेबीच विवाद भईरहेकोमा पटक पटक छलफल भए पनि सहमति जुट्न सकेको थिएन । मुख्यमन्त्री शाह उच्चस्तरमा छलफल गरेर हिजो मात्रै काठमाडौंबाट धनगढी फर्किएका थिए।