
गौर । रौतहटको गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले शरीरमा पेट्रोल खन्याएर आगो लगाइ आत्मदाहको प्रयास गरेका छन् ।
उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याइ मङ्गलबार राति आत्मदाहको प्रयास गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सहनीको घाँटीभन्दा मुनिको करिब ३५ प्रतिशत भाग जलेको अवस्थामा स्थानीय चिकित्सकको सल्लाहबमोजिम थप उपचारका लागि काठमाडौँतर्फ पठाइएको जानकारी दिएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते सहनीले श्रीमतीसहित तीन छोरासँगै गरुडा बजारस्थित झाझ पुलनजिक छाप्रे होटल सञ्चालन गर्दै आएका थिए ।









Facebook Comments