काठमाडौं । सर्वोच्च अदालतको संयुक्त इजलासले काम रोक्न दिएको अन्तरिम आदेशविपरीत सम्पत्ति छानबिन आयोगले सोमबार (असार २९) सम्पत्ति छानबिन अघि बढाउन सूचना जारी गरेको जिकिरसहित अवहेलना मुद्दा दर्ता गराइएको छ ।

सम्पत्ति छानबिन आयोगका अध्यक्ष र सदस्यमाथि कारबाहीको माग गर्दै अधिवक्ता डा. प्रेमराज सिलवालले आज मुद्दा दायर गरेका हुन् ।

ad

सिलवालले सम्पत्ति छानबिन रोक्न माग राखेर यसअघि दिएको रिटमा अन्तरिम आदेश भएको थियो । आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारी तथा सदस्यहरू पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, गणेश केसी र प्रकाश लम्साललाई अवहेलना मुद्दामा विपक्षी बनाइएको छ ।

यही असार २६ गते सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको थियो ।